ट्रेंडिंग:

>> अध्यादेशको विषयमा नकारात्मक टिप्पणी जरुरी छैन ।– मन्त्री ढकाल >> एचपीभी खाेप अभियानको तयारी अन्तिम चरणमा >> आयल निगमले बढायो इन्धनको मूल्य >> जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य >> रोल्पा–रुकुममा हिउँ पर्यटन >> पामिर इन्टरनेशनल एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव >> प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश >> श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैनः मुख्यमन्त्री आचार्य >> क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ >> गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा हालिन् सम्बन्धविच्छेदको मुद्दा >> पाल्पामा अबैध बारी इट्टाभट्टाको विगविगी, सरकारी निकाय मौन >> राष्ट्रियसभामा दुई बिधेयक पेश >> २० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ >> प्रहरी प्रमुख माथि छानबिन हुनुपर्छः राजेन्द्र लिङदेन >> होटल श्रमिक संघको अध्यक्षमा भण्डारी >> गोरखामा ट्याक्टरको पाङ्ग्राले किचेर १८ वर्षीय युवकको मृत्यु >> प्रतिनिधि सभामा सभामुखको भेदभाव, सत्तापक्षलाई २० मिनेट, प्रतिपक्षलाई १५ मात्र >> प्रधानमन्त्रीको दावी: मुलुकमा आर्थिक क्रियाकलाप बढ्यो, देखाए यस्तो तथ्यांक >> संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा >> थपिदै नया फुटबल प्रतियोगिता >> सरकारले राम्रो काम गरिरहेको छः देउवा >> कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस्: ओली >> अध्यादेशका बारेमा प्रधानमन्त्रीले दिए संसदमा प्रष्टिकरण >> संसदको हिउँदे अधिवेशन सुरू, प्रधानमन्त्रीको सम्बोधन >> सांसद पदको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रवि लामिछानेको माग >> पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति  >> हिउँदे अधिवेशनको पहिलो बैठकको सरुमै रास्वपा सांसदहरूको विरोध >> नेपालमा डलर र युरोको मूल्य वृद्धि >> आशिका तामाङलाई बयानको लागि जिल्ला अदालत पेस गरियो >> वासिङ्टन डीसीमा भएको एक विमान दुर्घटनामा दुई चिनियाँ नागरिकको मृत्यु >> हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा >> कबीर खानको ५०० करोडको फिल्ममा अब विक्की कौशल >> समुद्र मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार’, थप खोज हुँदै >> जेसिजका युवा देशको मुल राजनीतिमा आउनुपर्ने पूर्वअर्थमन्त्री महतको सुझाव >> सुन तोलामा २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि >> कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुदैँ >> प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा रायमाझी, चार पत्रकार सम्मानित >> औद्योगिक ग्रामको काम बीचमै अलपत्र >> लमही मेलामा दर्शक बढ्दै >> क्रिकेटमा एनसेल र क्यानबीच सहकार्य >> राजनीतिको अस्थिरता कहिलेसम्म ? >> जयसिंहको परिवारलाई न्याय खोई ? >> पालिकाका प्रमुख प्रशासकीय अधिकृतः किन गएनन् सरुवा भएको कार्यालय ? >> उमेर ढल्किदा ‘कक्षाकोठा प्यारो’ >> आजको मौसम : तराईमा हुस्सु र कुहिरो कम हुँदै >> ओली र शेरबहादुरलाई बर्षमानको कटाक्ष : बेचन झा र भुटानी शर्णार्थी काण्ड खै ? >> मधेश पर्यटनः ब्रान्डिङ्ग कहिले ? >> संसदको हिउँदे अधिवेशन सुरु हुँदै : प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने, अध्यादेश पेस हुने >> मानव सेवा नै ठूलो धर्म : प्रदेश प्रमुख घर्ती  >> ग्लोबलको १६ औँ बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

बुटवल ।

प्रेस सेन्टर नेपाल, जिल्ला कार्यसमिति रूपन्देहीले आफ्नो २१औं स्थापना दिवसको अवसरमा विशेष दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको छ ।

प्रेस सेन्टर रूपन्देहीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका पदाधिकारी ,सदस्यहरु माओवादी नेताहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। “शक्ति, समृद्धि, स्वाभिमान र अङ्गिकरणका लागि जनपक्षीय पत्रकारिता” नाराका साथ अघि बढिरहेको प्रेस सेन्टरले यस विशेष अवसरलाई जनपक्षीय पत्रकारिताप्रति प्रतिबद्धता जनाउँदै स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा  माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसिले प्रेस सेन्टरको श्रमजिविहरुको संगठन बन्न सफल होस भन्ने शुभकामना सहिता, “प्रेस सेन्टर नेपालले सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे । जिसिले माओवादी केन्द्रले सुरु गरको भष्ट्रचार बिरोधि अभियानलाई पनि कलमको माध्यमबाट खवरदारी गर्दै सगैँ सहकार्य गर्न आवश्यक रहेको बताए । उनले भने आगामी दिनमा पनि जनपक्षीय पत्रकारिताले देशको समृद्धि र सामाजिक न्यायका लागि मार्गप्रशस्त गर्नेछ भन्ने विश्वास छ।”

त्यस्तै, मालिका गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका नेता देविराम अर्यालले प्रेस सेन्टरले लामो समयदेखि पत्रकारितामा गरेको योगदानलाई स्मरण गर्दै भने, “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ। अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्याउनुपर्ने आवश्यकता छ।”

कार्यक्रममा प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष बिष्णु पोखरेलले विगत २१ वर्षको लामो ईतिहास , प्रेस सेन्टरको उद्देश्य र आगामी योजनाका विषयमा प्रकाश पारे। उनले भने, “प्रेस सेन्टर रूपन्देही जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको छ। हामी सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक-अधिकार र न्यायका लागि लडिरहनेछौं।” कार्यक्रमको क्रममा दीप प्रज्वलन गरी संस्थाको स्थापना दिवसलाई उल्लासमय रूपमा मनाइएको थियो। दीप प्रज्वलनले सत्य, न्याय र समावेशी पत्रकारिताको प्रतीकात्मक सन्देश दिएको छ । प्रेस सेन्टरले सधैं जनताको आवाजलाई प्राथमिकतामा राख्दै पत्रकारिताको मर्म र मूल्यलाई बचाउने संकल्प व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%