© 2026
काठमाडौं, १५ माघ ।
ब्राजिलियन फुटबल स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन्।
क्लब र खेलाडीबीच सोमबार राति आपसी सहमति अनुरूप सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नेयमार, जो ब्राजिलका सर्वाधिक गोलकर्तामा गनिन्छन्, घुँडाको समस्याबाट ग्रस्त रहेका छन् र अक्टोबर २०२३ देखि मैदानबाट बाहिर रहेका छन्। क्लबको विज्ञप्तिमा भनिएको छ, “क्लब र खेलाडीबीच आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ।”
नेयमारले अल हिलालमा दुई वर्ष बिताए, तर उनले केवल सात खेल मात्र खेले। उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए। यस बीच, उनले ब्राजिलका लागि ७९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
अब, सान्तोष क्लब फर्कने अनुमान गरिएको छ, जहाँ उनले आफ्नो करियरको शुरुवात गरेका थिए। सन् २०१३ मा बाल्यकालको क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका नेयमार सन् २०१७ मा २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए। हालको साउदी क्लब छोडेपछि उनले कता जानेछन् भन्ने बारे कुनै औपचारिक जानकारी भने अहिलेसम्म प्राप्त भएको छैन।