ट्रेंडिंग:

>> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै >> दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ? >> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय >> दीप गायन ताराको बाह्रौं संस्करण हुँदै >> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व >> गुल्मीमा पानी उद्योग स्थापना >> सामसङ ग्यालेक्सी एस२५ शृंखलाका स्मार्टफोनको प्रिअर्डर खुल्ला >> प्रगतिशील साहित्यलेखन यात्रा >> आठ सहकारीबाट चार करोड हिनामिना >> महिलामैत्री नीति बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ढकाल

विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान छत्रेश्वरी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा सहिदलखन गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये सुनिलले सर्विया पठाइदिन्छु भन्दै एक जना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

यस्तै, विकासले जापान पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ३ लाख रुपैयाँ ठगी गरेको आरोप छ। सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ९७ लाख ५४ हजार रुपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ६० हजार रुपैयाँ ठगी गरेको आचार्यले बताए।रकम बुझेपछि सम्पर्कविहीन भएका चारै जनाविरूद्ध पीडितले प्रहरीमा उजुरी दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं टेकुबाट, सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-१४ बाट र विशाखालाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा विकासलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो।

पक्राउमध्ये सुनिल, विकास र विशाखालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%