© २०२३
नवलपरासी, ३० मंसिर ।
जिल्लाको रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोकबाट दुई जनालाई लागु औषध सहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं. ७ भन्सारटोल बस्ने २८ बर्षिय अम्जद डफालीले प्रयोग गरेको युपी ५७ ए एक्स २६८० नम्बरको मोटरसाईकलमा पछाडी सवार सरावल गाउँपालिका वडा न.७ बस्ने वर्ष २१ को हासन डफालीलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार हासनको शरिर र बोकेको कालो रङको झोला चेकजाँच गर्दा झोला भित्र ५ वटा कालो प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा बरामद गरिएको थियो । बरामद गरिएको उतm झोलामा २÷२ यमयलको डाईजेपाम ९८५ एम्पुल, फेनरगन ९८७ एम्पुल, बुप्रिनुर्फिन १००५ एम्पुल, सामसङ्ग कम्पनिको मोवाईल २ थान किप्याडमोवाईल १ रहेको थियो । प्रयोग गरेको मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी नारायण थापाले जानकारी गराएका थिए ।