ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ?

ट्राफिक प्रहरीले स्वरूप परिवर्तित १७ बुलेटलाई नियन्त्रण लिई चालकलाई कारवाही पनि गर्यो । तर एक हप्ता नबित्दै यस्ता बाइक बुटवलमा फेरि चल्न थालेका छन् । कारवाहीको कामलाई निरन्तरता नदिएपछि घुसपैठ त भएको होइन भनी स्थानीयले प्रहरीमाथि आशंका गरेका छन् ।
१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

बुटवल, १५ माघ ।
मध्यरातमा मोटरसाईकलको ठूलो आवाजले बुटवल देविनगरकी ममता श्रेष्ठ सुत्न सक्दिनन् । निद्रा लाग्ने समयमा देविनगर आसपासमा मोटरसाईकल पड्काउनेहरूको प्रतिस्प्रर्धा चल्छ । सडकमा एकोहोरो आवाजको कारण अनिँदो नै हुने गरेको उनले बुटवल टुडेलाई सुनाईन । ‘घरका साना बच्चाहरू आवाजले तर्सिन्छन ।’–उनले भनिन् । टोलमा धेरैपटक कुरा राखेपछि रातको समयमा कोही बाहिर निस्कन नचाहेको उनले सुनाईन । पछिल्लो समय केही दिन यो रोकिएपनि फेरि बुलेट पड्काउन शुरु भएको उनको भनाइ छ ।शिक्षण पेशा अपनाउने बुटवल देविनगरकै नरेन्द्र शर्मा पनि रातीको समयमा मोटरसाईकल पड्काउने युवाहरूको कारण आतंकित छन । दिनभर विद्यालयमा अध्यापन गराएर साँझ आराम गर्ने समयमा कठिनाई हुने गरेको उनले बताए । ‘राती ११ बजेपछि ठूलो आवाजमा मोटरसाईकल पड्काउने र स्टण्ट गर्नेहरूले दुःख दिने गरेको छ,’–उनले भने । पछिल्लो समय युवा पुस्ताहरू आफ्नो सोख पुरा गर्ने बाहानामा समाजलाई दुःख दिने गरेको उनले दुखेसो गरे । पछिल्लो समय युवापुस्ताहरूमा संस्कार र अनुशासनको कमी देखिएको उनले बताए । स्थानीयहरूबाट गुनासो आएसंगै ट्राफिक प्रहरी र स्थानीय सरकार यसको नियन्त्रण र कारवाहीलाई तिब्रता थाल्यो । स्वरूप परिवर्तित १७ बुलेट प्रहरीले नियन्त्रण लिई यातायात ब्यवस्था कार्यालयबाट जनही १० हजार रूपैयाँका दरले चालकलाई कारवाही पनि गर्यो । तर एक हप्ता रोकिएको बुलेट आतंक फेरि दोहोरिएको स्थानीयहरूको गुनासो छ । प्रहरीले यस्ता बाइकबाट पैसा उठाएर छाडेको त होइन भन्ने स्थानीयको आंशका छ ।

श्याम बहादुर खत्री
प्रहरी उपरीक्षक, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल

राती परेपछि ठूलो आवाजमा बाईक पड्काउनेहरू सक्रिय छन । केही उछृङखल युवाहरू भने प्रहरीलाई चुनौती दिने काम गरेका छन् । रातको समयमा फेरि चर्को आवाजमा मोटरसाईकल चलाउने गरेको कालिकापथ, देविनगर, चिडियाखोला क्षेत्रका बासिन्दाहरूको गुनासो छ । केही समय रोकिएको आतंक अहिले फेरि बढेको उपभोक्ता हित संरक्षण मन्च बुटवल नगरका अध्यक्ष समुन्द्र जिसी बताउँछन् ।रातीको समयमा १० बजे होटल बन्द गर्न प्रहरीहरू हिड्ने त्यसपछि भने प्रहरीको गस्ती र जाच नहँुदा रातीको समयमा अपराधिक गतिविधि हुने गरेको उनले दुखेसो गरे । ‘रातको समयमा समुह बनाएर नै ध्वनी प्रदुषण गर्ने युवाहरू भेटेको छु ।’–उनले बताए । सवारी मोडिफाई अन्त्य गर्ने तर्फ प्रहरी लाग्नुपर्ने उनले सुझाव दिए । ‘अब जहा बाईक मोडिफाई गरिन्छ त्यो ग्यारेजलाई कानुनी कारवाहीको दायरामा ल्याउन सके सुधार हुन्छ ।’–उनले भने । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलले मोडिफाई गर्ने ग्यारेज लक्षित गरि जाँचलाई अगाडी बढाउनुपर्ने उनले बताए ।

साईलेन्सर पाईप फेरेर ठूलो आवाज आउने बनाउँदै समुदायमा ध्वनी प्रदूषण गर्ने, सार्वजनिक सडकमा अत्याधिक तिब्र गतिमा चलाउने, सामाजिक संजालमा उछ्ङखल गतिविधिहरू गरि स्टण्ट गरेको भिडियो अपलोड गर्नेलाई कारवाही गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए । ‘हामी विशेष अभियान अघि बढाएका छौँ ,’–उनले भने । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ३९ (१) कसुर बमोजिम मोटरसाईकलहरूलाई यातायात ब्यवस्था कार्यालयबाट १० हजार रूपैयाँका दरले जरिवाना गरि पुरानो स्वरूपमा परिवर्तन गराई सवारी धनीलाई जिम्मा दिने र साईलेन्सर पाईप, हेण्डल, स्टिकर, लाईट, सिट, लुकिङ ग्लास जस्ता स्वरूप परिवर्तन गरिएका सामग्री जफत गर्ने प्रावधान अनुरूप कारवाही भएको उनले बताए । विशेषगरि रोयल ईन्फिल्ड कम्पनीका बुलेट र क्रसफायर, डट मोटरसाईकलहरूमा कम्पनीबाट राखेको साईलेन्सर पाईप फेर्ने गरेको भेटिएको उनले बताए ।
आर्थिक वर्ष २०८०/२०८१ मा यातायातबाट ६५ र आर्थिक वर्ष २०८१/२०८२ मा ६१ गरि कुल १२६ वटा मोटरसाईकल कारवाही गरिएको कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानले बताए । अहिले पनि नियमितजसो जाच गर्ने र कारवाही हुने क्रम रहेको उनी बताउँछन । ‘नियमित कारवाही गरिरहेका छौं,’–उनले भने । रातको समयमा केही युवाहरू हिँड्ने गरेको सूचना आएको उनले स्वीकारे । दुर्घटना न्यूनीकरणमा कारक बनेको मापसे जाच छड्के रूपमा नियमित ठाउँठाउँमा चलाउँदै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?