ट्रेंडिंग:

>> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै >> दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ? >> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय >> दीप गायन ताराको बाह्रौं संस्करण हुँदै >> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व >> गुल्मीमा पानी उद्योग स्थापना >> सामसङ ग्यालेक्सी एस२५ शृंखलाका स्मार्टफोनको प्रिअर्डर खुल्ला >> प्रगतिशील साहित्यलेखन यात्रा >> आठ सहकारीबाट चार करोड हिनामिना

माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

बुटवल, १५ माघ ।

‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सफाईको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले गर्ने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताए । मनोरञ्जनसंगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उनले बताए । काठमाडौमा सरसफाई अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उनले बताए ।

यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको उनले बताए । ‘करिब एक हजार जना सहभागी हुने अपेक्षा छ’–उनले भने । १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । भविष्यमा बुटवलकै पर्वको रुपमा लैजाने गरी अघि बढाउने उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।

कार्यक्रममा क्लोथ एण्ड फुड बैंक केन्द्रका सल्लाहकार राजिव गौतमले वातावरण जोगाउने महत्वपूर्ण अभियान भएको बताए । बुटवलबाट नै सुरु भएको यो अभियान अहिले देशभर चलेको छ । सहभागीको लागि निःशुल्क फारमको ब्यवस्था रहेको उनले बताए ।

बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए । सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने उनले बताए । एकजना फोहोर उठाउने र अर्कोले ब्यागमा राख्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?