ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

शहिदको सपना पूरा गर

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

आज माघ १६ अर्थात शहिद दिवस । नेपालमा बर्षौंदेखि आजकै दिन शहिद दिवस मनाउने औपचारिकता पूरा हुँदै आएको छ । शहिद दिवस मनाउँदै गर्दा शहिद दिवसलाई सप्ताहव्यापी मनाउने यसअघिको परम्परा अहिले क्रमशः हराउँदै गएको छ । सरकारले पनि शहिद सप्ताहमा एक सातासम्म आयोजना गर्ने विभिन्न कार्यक्रममा विराम लगाएको अवस्था छ । पछिल्लोसमय केवल औपचारिकताकै लागि यो दिवस मनाउने गरिएको छ भन्दा अत्युक्ति हुँदैन । बि.स. १९९७ साल माघ १६ गते जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउने महान शहिदहरू शुक्रराज शास्त्री, धर्मधक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरको सम्झनामा शहिद दिवस मनाउने गरिएको हो तर आज दुःखका साथ भन्नुपर्दछ– शहिदले देखाएको बाटो हिँड्ने काम भएको छैन । शहिदको योगदान बिर्सने काम भैरहेको छ । निरङ्कुश जहानियाँ राणा शासन हटाई नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न शुक्रराज, धर्मभक्त दशरथ चन्द र गंगालालका साथै कृष्णलाल अधिकारी र कृष्णप्रसाद कोइरालाले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । त्यसयता मुलुकमा ठूलो संख्यामा शहिदहरूले बलिदान गरेका छन् । बर्षको एक दिन शहिदलाई सम्झिने कामसम्म भैरहेको छ । जेहोस् शहिद दिवसको औपचारिकता हरेक बर्ष यसरी नै पूरा भैरहेको छ तर शहिदले देखेको सपना अझै पूरा भएको छैन् । शहिदहरूले जुन सपना देखेका थिए त्यो पूरा गर्नेतर्फ नेताहरूको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । अनिमात्र शहिदले दिएको बलिदानको सार्थकता हुनेछ । नेपालमा शहिद दिवसलाई केवल औपचारिकताकै लागि अहिलेसम्म केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राखिएको इतिहास छ ।

वर्षको एकपटक शहिद दिवस मनाउने र त्यसपछि शहिदले देखाएको बाटो भन्दा उल्टो बाटो अनुसरण गर्ने परम्परा हाबी हुँदै गएको छ । यस्तो अवस्थाले शहिदको साँचो अर्थमा स्मरण हुन सक्दैन र उनीहरूले जुन उद्देश्यका लागि ज्यान उत्सर्ग गरेका थिए, त्यसको कत्तिपनि सम्मान हुन सक्दैन । बरु शहिदको अपमान हुन्छ । कमसेकम शहिद दिवसमा शहिदले गरेको त्याग र बलिदान अनुरूप अघि बढ्ने संकल्प गर्नुपर्दछ । अनिमात्र शहिद दिवस मनाउनुको सार्थकता हुन सक्छ । तर, विडम्बना पछिल्लोसमय हामीले शहिद शब्दको मर्यादा, मूल्य, गरिमा, सम्मान र आस्थालाई अवमूल्यन गरिदै आएको अवस्था छ । अहिले शहिदको अपमान भैरहेको छ । सामान्य घटनाक्रममा मृत्युबरण गरेकाहरूलाई पनि शहिदको पगरी गुथाउने जुन परिपार्टी विकास भएको छ, त्यसले शहिदको अवमूल्यन भएको छ । शहिदको भावनामाथि खेलवाड हुनु बिडम्वनाको कुरा हो ।
नेपालका चार शहिद नै सच्चा शहिद हुन । राणा शासनको अन्त्यका लागि हाँसीहाँसी ज्यानको बाजी थाप्न तयार भएका शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दप्रति राज्य नतमस्तक छ । नेपाली जनता यी चार शहिदप्रति सधैं कृतज्ञ छन । तर, आज ‘शहिद’ को मानमर्दन भएको छ । सामान्य विवादमा मृत्यु भएका व्यक्तिलाई पनि शहिदको सूचिमा राख्ने जुन प्रवृत्ति बढेको छ, यो शहिदकै अपमान हो । पछिल्लोसमय शहिद शब्दकै अपमान, अवमूल्यन र मानमर्दन हुनु चिन्ताको कुरा हो । आजको दिनबाट अव वास्तविक शहिदको अपमान होइन सम्मान गर्ने संस्कृति विकास गर्नु जरुरी छ । शहिदले देखाएको बाटोमा मुलुक हिँड्ने प्रयास होस् । अनिमात्र वास्तविक शहिदको सम्मान हुनेछ । वास्तविक शहिदले देखाएको पदचाप पछ्याउने प्रयत्न गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?