© २०२३
कपिलवस्तु, १५ माघ। पुर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवा स्थित प्रचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा पुर्जा अर्चना गरेका छन । मंगलबार टाईगर प्लालेसबाट भैरहवा हुदै तौलिहवा आएका भएका पुर्व राजा शाहले दिउसो तौलेश्वरनाथ महादेव मंदिरमा पुजा अर्चना गरेका हुन । दुई साता देखी भैरहवा सेरोफेरोमा रहेका पुर्व राजाको स्वागतका लागि जिल्लामा स्वागतको बृहत तयारी गरिएको थियो ।
पुर्व राजा शाहले प्रशासन चौकबाट चौक बजार हुदै मन्दिरको पुर्वीद्धारबाट प्रवेश गरेर करिब आधा घण्टा पुजापाठ गरे । सो क्रममा स्वस्तिबाचन सहित शिवजी मन्दिरमा पुजा पाठ गराईएको थियो । पुर्व राजा शाहलाई सदरमुकाममा झाँकी र पञ्चेबाजाले स्वागत गर्दै नागरिक अभिनन्दन गरिएको थियो ।
प्रशासन चोक देखी मन्दिर सम्म जम्मा भएका नागरिकले पुर्व राजा शाहलाई फुलको गुच्छा र खादा दिएर तस्बिरहरु खिचाएका थिए । मन्दिर प्रवेशका क्रममा पुर्वराजा शाहलाई प्रचिन ताम्रेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ता सहितका व्यवस्थापन समितिका सदस्य, नागरिक समाजका अगुवा, ब्रह्मकुमारी र पञ्कन्याले स्वागत गरेका थिए ।
मन्दिर समितिका प्रतिनिधीले पुर्व राजा शाहलाई प्रचिन ताम्रेश्वरनाथ महादेव मन्दिरको स्थापना र महिमा बारे बर्णन गरेका थिए । स्वागत कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, शिवराज नगरपालिकाका प्रमुख अजय थापा सहित ठुलो संख्याका राप्रपा र पुर्व राजा समर्थित व्यक्तित्व र आम नागरिकको सहभागीता रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी