ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

मौसमी पर्यटन परम्परा

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

पुरानो जमानामा धनआर्जनका लागि, विद्या आर्जनका लागि, हाटबजार किनमेलका लागि, तीर्थ यात्राका लागि र आफन्त भेटघाटका लागि यात्रा गरिन्थ्यो । धनआर्जन र विद्या आर्जनका लागि गरिने यात्रा अलि लामा हुन्थे भने अन्य अलि छोटा ।
त्राको पर्याय पर्यटन ! योगी सन्न्यासीको यात्रा र घर गृहस्थीको यात्रा अलि फरक हुन्छ । योगी सन्न्यासीको यात्रा निष्कामयात्रा हुन्छ । त्यसैले ‘उठकर जोगी फटकार छाला जहाँजाला भातै खाला’ भन्ने लोकोक्ति चलनचल्तिमा छ । घर गृहस्थीको यात्रा सकाम हुन्छ । योगीको वनैका दाउरा वनैका गिठा भने जस्तै यात्रा हुन्छ भने गृहस्थीको खर्च पानीको जोहो गरी हिँड्ने र सातु सामल सकिँदा घर फर्किने योजना हुन्छ ।
पुरानो जमानामा धनआर्जनका लागि, विद्या आर्जनका लागि, हाटबजार किनमेलका लागि, तीर्थ यात्राका लागि र आफन्त भेटघाटका लागि यात्रा गरिन्थ्यो । धनआर्जन र विद्याआर्जनका लागि गरिने यात्रा अलिलामा हुन्थे भने अन्य अलि छोटा ।
वास्तवमा व्यक्तिलाई विभिन्न ठाउँको यात्राले थुप्रै कुरा सिकाउँछ । विभिन्न ठाउँको संस्कार, संस्कृति सिकाइले आफ्नो समाजमा सकारात्मक परिवर्तनको द्वार खोल्न मद्दत गर्छ । यात्राभन्दा खेरि जति आनन्द हुन्छ, व्यवहारमा उति जोखिमयुक्त हुन्छ । वन जाओस् न बाघले खाओस् भन्ने उखानले यात्राको जोखिमलाई प्रतिबिम्वित गर्छ । दुर्गा कवचमा पन्थानां सुपथा रक्षे मार्गन्क्षेम करीस्तथा भनेर यात्रा जोखिमको सुरक्षाको कुरा बोलेको छ । अर्थात् बाटो सुपथाले रक्षागरून् र यात्रामा क्षमा भावकी देवीले रक्षा गरून् । व्यक्तिमा रहेको क्षमा भाव जोखिम न्यूनीकरणको प्रमुख गुण हो । त्यसैले क्षमा दानलाई महादान भन्ने गरिन्छ । पर्यटनका सन्दर्भमा विभिन्न परिवेशमा समायोजन हुनुपर्दा क्षमा भाव लेनदेनको सीप सिकिन्छ । जीवन सहज गर्ने महत्वपूर्ण कला !

कृषिप्रधान जीवनशैलीमा हाम्रो जस्तो हावापानी भएको देशमा असोज, कार्तिक, मङ्सिरमा बर्खे बालीनाली भित्र्याउने र रविबाली लगाउने काम सिद्धाएपछि पुस माघ महिना अलि फुर्सतिला महिना हुन्छन् । वि.सं.२०३० को दशकको कुरा गर्ने हो भने घरमा वर्ष दिनभरिलाई चाहिने नुन, मट्टितेल लगायतका सामान किन्न हाटबजारतिर जानेको लर्को हुन्थ्यो । हाटबजारमा बिक्री हुने आफ्ना गाउँघरका सामान सुन्तला, फापर, टिमुर, अदुवा, हलेदो, घिउ आदी लिएर हाटबजार जाने चलन हुन्थ्यो । ४—५ दिनदेखि १०—१२ दिनसम्मको यात्रामा थुप्रै अनुभव साटासाट हुन्थे । पहिलो पटक हाटबजार जाँदै गरेकालाई पन्थे भन्थे । पन्थेले आफ्नो पहिलो यात्रा सुखद होओस् भन्ने कामनाका साथ आफ्नो समूहलाई केही मीठो कुरा खुवाउनु पथ्र्यो । यात्राका पाका पुराना अनुभवी पाथेय भाइले नयाँको राम्रो देखभाल गर्थे ।
धन कमाउनका लागि रैथाने सूत्र थियो— कि ठूलो पाटो, कि बाख्रो पाठो, कि लामो बाटो । लामो बाटो यात्राकै सन्दर्भ हो ।
तीर्थ यात्रा हाम्रो निकै पुरानो संस्कार हो । प्राचीन गुरुकुलमा ६४ तीर्थ गर्नुपर्ने नियम रहेको कुरा ब्रह्मर्षि वसिष्ठको गुरुकुलमा श्रीराम समेतका वटुकहरू तीर्थ यात्रामा गएको अर्थात् आजभोलिको चलनमा शैक्षिक भ्रमणमा गएको, यात्राका क्रममा रामले सांसारिक दुःख के हो भन्ने आत्मैदेखि अनुभव गरेको र त्यो दुःखशमन गर्न गाह्रो भएर श्रीराममा अवसादका लक्षण देखिएको कुराको वर्णन छ । सो समस्या निवारण गर्न गुरु वसिष्ठले १८ दिनसम्म विभिन्न मनोविज्ञानमूलक उपदेश, सरसल्लाह दिएर श्रीरामको चिन्ता हरण भएको थियो । योग वासिष्ठलाई महारामायण पनि भनिन्छ । पौरस्त्य शिक्षा परम्पराको मनोविज्ञान शास्त्रको पहिलो पुस्तक !

तीर्थाटन पर्यटन भन्नजति सजिलो र मनमोहक लाग्छ व्यवहारमा भने उत्ति जोखिम र यात्राका लागि खर्च व्यवस्थापन गर्न झन्झटिलो हुन्छ । कालीगङ्गाजी किनार रिडी नदीको दोभान रिडी तीर्थ नेपालको वाराणसी नामले पनि चिनिन्छ । नेपालको पश्चिम क्षेत्रको यस महानतीर्थलाई स्थानीयले गण्डकी भनेर चिन्छन् । विभिन्न तीर्थ धाम भ्रमण गरेर अन्तिममा गण्डकी नुहाउनुपर्छ भन्ने मान्यताले पनि गण्डकी क्षेत्रको उच्च महत्व स्थापित गरेको छ ।
तीर्थ यात्रामा खर्चपर्चको उचित व्यवस्थापन गर्न सकिएन भने यात्रा खल्लो तथा निरस हुन्छ भन्ने कुरा प्रचलित उखान गण्डकी न सण्डकी टङ्गलटङ्गल पानीले बताउँछ । यस उखानको सङ्क्षिप्तकहानी यस्तो छ— आफ्ना छिमेकी हरेक वर्ष गण्डकी नुहाउन भनेर माघेसङ्क्रान्तिमा रिडी जाने गरेको र फर्की आउँदा राम्रा राम्रा डाला, सुपा, कम्बल, राडीपाखी, ओखर घाँजी ल्याएको देख्थिन् । उनलाई पनि यसै गरी गण्डकी नुहाउन जाने र सामान जोर्न मन लागेको थियो । एक वर्ष केहीदिनका लागि घरको बन्दोबस्त मिलाएर माघे सङ्क्रान्तिको मेलामा गण्डकी तीर्थ यात्रामा लागिन् । गण्डकी गएर नुहाइन्, लगेको खाना खाइन् अनि बगरमा लहरै राखेका पसलतिर लागिन् । पसलमा उनले जे लिन खोज्छिन् सबैले पैसा माग्नलागे । उनीसँग पैसा थिएन । अनि केहीनलिई घर आइन् । घर आएपछि छिमेकीले कस्तो रहेछ गण्डकी भनेर सोधे । अनि उनले भनिन्, गण्डकी न सण्डकी टङ्गलटङ्गल पानी । सित्तैमापाइने पानीबाहेक केहीपनि थिएन ।
यात्राले आफ्नो शारीरिक, मानसिक तथा आर्थिक हैसियतसँग प्रत्यक्ष सम्बन्ध राख्छ । न्वारनका दिन निष्क्रमण संस्कारका लागि तगालो वा डोहो कटाउने क्रियाकलापदेखि जीवनको औपचारिक बाह्ययात्रा सुरु हुन्छ । त्यसपछि आफ्नो शारीरिक हैसियतअनुसार उकालीओराली, आर्थिक हैसियतअनुसार विभिन्न वाहनमा यात्रा गर्ने सन्दर्भ जुट्छ । को परदेश सुविद्यानां किं दूर व्यवसायिनां भनेर विद्वान् र व्यवसायीको यात्रा देश विदेशमा हुने कुराको सङ्केत नीति वचनले दिएको छ ।
देउता दिने पितृ हर्ने भन्ने लोकउक्तिले देउता भन्दा पितृको मर्यादा उच्च रहेको देखाउँछ । पितृको तरणीतारका लागितीर्थ यात्रा गर्ने हाम्रो पुरानो चलन रहिआएको छ । आश्विन कृष्णपक्ष, पौष कृष्णपक्ष, चैत्र कृष्णपक्ष र आषाढ कृष्णपक्ष तीर्थ श्राद्धका लागि उत्तम मानिएका पक्ष हुन् । अरू कार्यका लागि रित्तो पुस भनेर वर्जित गरिएको महिना पुसमा कृष्णपक्षमा श्राद्ध र शुक्लपक्षको पूर्णिमामा स्वस्थानी व्रतको शुभारम्भ उत्तम मानिन्छ । यी चार पक्षमा कागवेनी, रिडी, उत्तर गयानामले चिनिने वेत्रावती, पशुपति, वराह क्षेत्र, गया आदि ठाउँमा गई पितृ श्राद्ध गर्ने चलनले पनि हाम्रो मौसमी पर्यटन प्रवद्र्धन गर्न सघाएको छ ।

जोगी, सन्न्यासी परम्परा पनि जीवनयात्राको एक महत्वपूर्ण अङ्ग हो । जीवनको अन्तिम चौथाइ सन्यस्त हुने विधान आश्रम परम्परामा छ । भिक्षाटन मनको अहङ्कार धुलिधुसर पार्ने एक महŒवपूर्ण तरिका हो । यसले संसारको प्रकृतिपनलाई राम्ररी आत्मीकरण गरी परमात्मासँग मिलन हुन निकै सहयोग पुग्छ । यतिमात्रै हैन यो परम्पराले अरूलाई पनि सत्मार्गमा डोरिन डो¥याउन सहयोग पुग्छ ।त्यसो त व्यवहारिक जीवनमा माइत, मावल, ससुरालको यात्रामा पनि थुप्रै कुराको सिकाइ हुन्छ । गोस्वामी तुलसी दासलाई रामभक्त बन्न ससुरालको यात्राले सघाएको थियो । भारविले किरातार्जुनियम् जस्तो महान काव्य ससुरालीमै लेखेको भनिन्छ ।
पैयूँफुल्दामाइतजाने र आरु फुल्दा घर आउने प्राकृतिकभाकाहुन्थ्यो पुरानाजमानाकाबुहारीलाई ।
हिमालतिरका तीर्थ गर्मी याममा र गर्मी क्षेत्रकातीर्थ जाडो याममा घुम्ने परम्परा पनि निकै व्यवहार सिद्ध छन् । माघे खाट चैते हाट वर्जितको सन्दर्भ भनिएको गर्मी क्षेत्रका हाटबजारका लागि हो । हैजाको महामारी फैलिने पुरानो जमानामा चैते हैजा निकै डरलाग्दो मानिन्थ्यो ।साउन महिनामा गुल्मीको रेसुङ्गा, शृङ्गा मेला, जनै पूर्णिमामा गोसाइँकुण्ड मेला, असोजे श्राद्धपक्षमा कागवेनी मुस्ताङमा, वेत्रावतीजसलाई उत्तर गयापनि भनिन्छ नुवाकोट, पशुपति काठमाडौँ, कात्तिके औँसीमा स्वर्गद्वारी प्यूठानको गौशालामा गाईलाई नुन खुवाउने, पुसे श्राद्धपक्षमा रिडी गुल्मीमा, देउघाट तनहूँ, त्रिवेणी धाम नवलपरासीपूर्व, वराहा क्षेत्र सुनसरी, गया भारतमा श्राद्ध गर्ने, चैते दशैँमा पाथीभरा दर्शन गर्ने प्रचलनले याम अनुसारका यात्रा प्रचलन रहेको देखाउँछ । उधौलीउभौली पर्वले हाम्रो प्राचीनकालको घुमन्ते जीवनको याद दिलाउँछ ।
इात्रामा अलि ख्याल गरिएन भने ठगका फेला पर्न सकिन्छ । त्यसैले यात्रामा बडो होसका साथ लेनदेन व्यवहार गर्नुपर्छ । कवि शिखरनाथ सुवेदी (१९२५—२००५) ले गयामा श्राद्ध गर्न जाँदा पण्डाले कसरी ठग्छन् र सो ठगाइबाट कसरी बच्ने भन्ने कुरा उनको शिखरनाथ भाष्यग्रन्थको परदेश काण्डअन्तर्गत गयाश्लोक कवितामा यसरी अभिव्यक्त गरेका छन् —
पण्डाहेरू बही लिइकन पता क्या हो भनी सोध्दछन् ।
नेपाली हम लोग हैं मत पुछो श्री लालमोहोरिया ।।
पण्डा हैं हमरा सिपाही उनका क्या जानी काहाँ गया ।
भन्नू फाँट लगाई दिन्छन सबै सोधेर जानू वहीँ ।। ३—४ ।।
(जब गयामा पुगिन्छ तब पण्डाहरूले बहीखाता लिएर को हौ कहाँबाट आएका हौ भनेर ठरठेगाना सोध्छन् । त्यस बेलामा हामी नेपाली हौँ, तिमीहरूले केही कुरा सोध्नुपर्दैन । बरु हाम्रा नेपालकै सरकारी लालमोहरिया पण्डा छन् । उनीहरूका पाले पनि कता गएछन् कुन्नी भन्नू र ती सोध्ने पण्डाले नेपाली पण्डाको खोरो बाटो लगाइदिन्छन् र उहीँजानू । ठगिनु पर्दैन ।)
इदि नेपाली पण्डा पाइएनन् र भारतीय पण्डाबाटै श्राद्ध गराउनुप¥यो भने उनीहरूको ठगाइबाट कसरी बच्ने भन्दै कवि भन्छन्—
नेपाली पइसा चढौन नहुने मोहर दिँदा लिने ।
पण्डाको र पहाडीको सुन सबै प्रत्युत्तरादि दिने ।।
प्रायश्चित्त निमित्त पाँच रुपियाँ गोदान पैलै गरी ।
श्राद्धारम्भ हजुर गर्छन अरू जात्रूहरू यो घरी ।।
कम गर्नु फल हुन्न भन्दछ उता, भन्नू रुपियाँ नहीँ ।
चारानापनि गर्न सक्तिनँ मता, ऐसा नबोलो कहीँ ।।
अच्छा दो रुपियाँ करो जीनहीँ हैं एकै रुपियाँ करो ।
नाहीँ है तब आठना नहीँनहीँ अच्छा चउन्नी धरो ।।
पण्डा भन्छन द्रव्यतिर दिलदी वाक्यादिमा पीठ दी ।
तस्मात्कारण तीर्थ श्राद्ध गरनू अन्यत्र फल्गु नदी ।।११—१३।।
(गयामाभारती पण्डा र नेपालीश्राद्ध गर्न जानेबीच यसरी वार्ता चल्छ वाभनौ चलाउनुपर्छ नत्र ठगिइन्छ । पण्डाले नेपाली पैसा चढाउन हुन्नभन्ने तर एक रुप्पे दिँदालिने गर्छन् । (त्यस बखतचाँदीका रुप्पे हुन्थे र तिनलाई मोहर भनिन्थ्यो ।) प्रायश्चित्त गोदान ५ रुप्पेले गर्न पण्डा भन्छन् । यसको १० प्रतिशतले दान प्रतिष्ठा गर्नुपर्दा अर्को ५० पैसा चाहियो । यहाँजात्रुले यसै गर्छन् भनी पण्डाले भन्छन् ।
अरू थप भन्छन् यहाँभन्दा कम ग¥यो भने श्राद्ध गरेको फल हुन्न । तब नेपालीले भन्नू हामीसँग रूपैयाँ पैसा छैन । मैले त २५ पैसा अर्थात् चार आना पनि सक्तिनँ भन्नू । तब पण्डाले फकाउँदै भन्छ— यो कुरा अन्तकहीँ नगर्नू । ल २ रूपैयाँ गर न त । तब त्यो पनि छैन भन्नू । अनि पण्डाले लौ एक रुपियाँ गर भन्छ । त्यति पनि छैन भनेपछि आठाना अर्थात् ५० पैसा गर भन्छ । त्यो पनि छैन भनेपछि ल ल २५ पैसा गर भन्छ । पण्डा वाक्य, वाक्य शुद्धितिर पीठ फर्काएर पैसातिर मात्रै दिल दिइरहन्छ । त्यसैले त्यहीफलगू नदीको अरू किनारामा गई श्राद्ध गर्नू भनेर कविले धर्मका नाममा ठगिनबाट बच्न सिकाएका छन् ।
त्यसै गरी हाटबजारमा कसरी ठगिइन्छ भन्ने कुरा बटौलीको सटौली १०० को ५०, नाफा न प्राप्ति पुठामा बतास उखानले बताउँछ । कथावस्तु यस्तो छ— बटौलीमा गाउँघरबाट विभिन्न कृषिजन्य सामग्री लिएर त्यसैले साटेर नुन मट्टितेल कपडा आदिलिएर जाने पुरानो चलन थियो । एक पटक एक जनाले घ्यु लिएर आएका रहेछन् । २ रुप्पे धार्नी घ्युको भाउ रहेछ । बानियाँले घ्यु जोखेछ । जतिधार्नी घ्यु भयो त्यति नै रूपैयाँका ढ्याक सम्झनका लागि घ्यु मालिकलाई दिएछ । मैले घ्यु तताएर तपाईँको टिन खाली गर्छु तबसम्म तपाईँ बजारमा घुम्नुस् । अनि हिसाब गरेर पैसा चुक्तागरूँला ।
घ्युवाला लौ हुन्छ भनेर बजारतिर लाग्यो । उसको मनमा लाग्यो, पसलेले मलाई रूपैयाँ दिएको छ । कतिदिएको छु भन्ने उसले कति सम्झिराख्ला र । २ वटा ढ्याकलुकाउनु प¥यो भनेर लुकाएछ । एकैछिन पछि घ्युवाला पसले कहाँगयो । पसलेले टिन खाली गरिदिएको थियो । पसलेले पैसा चुक्ताउन आफूले दिएका रूपैयाँ माग्यो । घ्युवालाले २ वटा ढ्याककम गरेर दियो । पसलेले खुसी हुँदै रकम चुक्ता गरिदियो ।
सामान किनेर फर्किँदा त्यो घ्युवालाले आफूले बानियाँलाई २ रुप्पे ठगेको कुरा गर्दै माथिको बेलिबिस्तार लगायो । साथीहरू खूब हाँसे । कुरा बुझ्दा घ्युवाला आफै ठगिएको कुरा बुझ्यो । अनि भन्यो— बटौलीको सटौली १०० को ५०, नाफा न प्राप्ति पुठामा बतास ।
यसैगरी अनेक हन्डरठक्कर खाँदै जीवनयात्रा चलिरहन्छ । जब यात्राको अन्तको समय आउँछ अनि आँगन भयो दूरदेश भन्दै इहलीला समाप्त हुन्छ ।
अरू थप भन्छन् यहाँभन्दा कम ग¥यो भने श्राद्ध गरेको फल हुन्न । तब नेपालीले भन्नू हामीसँग रूपैयाँ पैसा छैन । मैले त २५ पैसा अर्थात् चार आना पनि सक्तिनँ भन्नू । तब पण्डाले फकाउँदै भन्छ— यो कुरा अन्तकहीँ नगर्नू । ल २ रूपैयाँ गर न त । तब त्यो पनि छैन भन्नू । अनि पण्डाले लौ एक रुपियाँ गर भन्छ । त्यति पनि छैन भनेपछि आठाना अर्थात् ५० पैसा गर भन्छ । त्यो पनि छैन भनेपछि ल ल २५ पैसा गर भन्छ । पण्डा वाक्य, वाक्य शुद्धितिर पीठ फर्काएर पैसातिर मात्रै दिल दिइरहन्छ । त्यसैले त्यहीफलगू नदीको अरू किनारामा गई श्राद्ध गर्नू भनेर कविले धर्मका नाममा ठगिनबाट बच्न सिकाएका छन् ।
त्यसै गरी हाटबजारमा कसरी ठगिइन्छ भन्ने कुरा बटौलीको सटौली १०० को ५०, नाफा न प्राप्ति पुठामा बतास उखानले बताउँछ । कथावस्तु यस्तो छ— बटौलीमा गाउँघरबाट विभिन्न कृषिजन्य सामग्री लिएर त्यसैले साटेर नुन मट्टितेल कपडा आदिलिएर जाने पुरानो चलन थियो । एक पटक एक जनाले घ्यु लिएर आएका रहेछन् । २ रुप्पे धार्नी घ्युको भाउ रहेछ । बानियाँले घ्यु जोखेछ । जतिधार्नी घ्यु भयो त्यति नै रूपैयाँका ढ्याक सम्झनका लागि घ्यु मालिकलाई दिएछ । मैले घ्यु तताएर तपाईँको टिन खाली गर्छु तबसम्म तपाईँ बजारमा घुम्नुस् । अनि हिसाब गरेर पैसा चुक्तागरूँला ।
घ्युवाला लौ हुन्छ भनेर बजारतिर लाग्यो । उसको मनमा लाग्यो, पसलेले मलाई रूपैयाँ दिएको छ । कतिदिएको छु भन्ने उसले कति सम्झिराख्ला र । २ वटा ढ्याकलुकाउनु प¥यो भनेर लुकाएछ । एकैछिन पछि घ्युवाला पसले कहाँगयो । पसलेले टिन खाली गरिदिएको थियो । पसलेले पैसा चुक्ताउन आफूले दिएका रूपैयाँ माग्यो । घ्युवालाले २ वटा ढ्याककम गरेर दियो । पसलेले खुसी हुँदै रकम चुक्ता गरिदियो ।
सामान किनेर फर्किँदा त्यो घ्युवालाले आफूले बानियाँलाई २ रुप्पे ठगेको कुरा गर्दै माथिको बेलिबिस्तार लगायो । साथीहरू खूब हाँसे । कुरा बुझ्दा घ्युवाला आफै ठगिएको कुरा बुझ्यो । अनि भन्यो— बटौलीको सटौली १०० को ५०, नाफा न प्राप्ति पुठामा बतास ।यसैगरी अनेक हन्डरठक्कर खाँदै जीवनयात्रा चलिरहन्छ । जब यात्राको अन्तको समय आउँछ अनि आँगन भयो दूरदेश भन्दै इहलीला समाप्त हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?