ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), १ फागुन ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं् वन तथा वातावरण पूर्वमन्त्री अर्जुन कुमार केसीले उद्यमी महिलाका उत्पादन गर्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३, खरेन्द्रपुरमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दैनिक उपभोग्य वस्तु बाहिर खरिद गर्नुभन्दा स्थानीयले उत्पादन गरेका वस्तु खरिद गर्दा बजारीकरणमा टेवा पुग्ने समेत उनले जनाए । “हामी दैनिक उपभोग्य सामग्री बाहिरबाट खरिद गर्छौं, तर यदि स्थानीय उत्पादनलाई प्रोत्साहन ग¥यो भने उद्यमशील महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सकिन्छ,” केसीले भने । पूर्वमन्त्री केसीले स्थानीय उत्पादित सामग्रीहरूको बजारीकरणलाई प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै भने, “स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा न केवल उत्पादक महिलाहरूको आम्दानी बढ्छ, बरु समग्रमा समुदायको आर्थिक गतिविधि पनि वृद्धि हुन्छ ।”

यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले सीप सिकेर उत्पादनमूलक कार्यमा जोडिएकोले आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । यस्तै उपपमेयर शिवकुमारी थारुले सरकारले महिला उद्यमशीलताको विकासका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याइन् । नगरपालिकाका प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्थानीय उत्पादनलाई प्रभावकारी बनाउन सबैको सहकार्य जरुरी रहेको बताए । यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले महिलाहरुको विकास गर्न आवश्यक रहेको बताए । सीप विकाससँगै आम्दानीको पाटोलाई मजबुत बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

मिलिजुली महिला विकास बचत तथा ंऋण सहकारी संस्थाको आयोजना र शिवराज नगरपालिका वडा नम्बर ३ को सहयोगमा सात दिने फिनाइल तथा हर्पिक बनाउने तालिम कार्यक्रममा सहभागी उद्यमशील महिलाहरूले आफ्ना उत्पादनलाई बजारसम्म पु¥याउन विभिन्न चुनौतीहरू रहेको बताए । उनीहरूले सरकारले अनुदान, तालिम र बजार व्यवस्थापनमा सहयोग गरेमा महिलाहरू अझ आत्मनिर्भर हुनसक्ने बताएका छन् । यसैबीच स्थानीय सरकारका प्रतिनिधिहरूले पनि उद्यमशील महिलाहरूलाई आवश्यक नीति तथा कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी व्यापार संघ केन्द्रीय सदस्य महादेव पोखे्रल, उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, दिपा अधिकारी र अनिता भुसाल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?