Butwal Today

फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा 

१ फाल्गुन २०८१, बिहीबार
अ+
अ-
दाङ, १ फागुन ।
आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित भएकी छन्  । बिहीबार तुल्सीपुरमा भएको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
उपाध्यक्षमा दीपक जिएम, सचिवमा एचआर मगर, कोषाध्यक्ष निता चौधरी, सहसचिवमा जयन्ती चौधरी चयन भएका छन्  । त्यस्तै, सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढा, प्रिया चौधरी र सुरक्षा चौधरी  चयन भएका छन्  । केन्द्रीय प्रतिनिधिमा सविन प्रियाशन, रिता लामा र जीत सागर जिएम निर्वाचित भएका छन्  ।
 जनजाती महासंघ दाङ शाखा अध्यक्ष प्रेमबहादुर राम्जा, महासंघका केन्द्रीय सचिव सविन प्रियाशन लगायतले मन्तव्य राखेका थिए ।