ट्रेंडिंग:

>> प्रधानमन्त्री कपः पुलिसको जीत्याे लगातार छैटौं खेल >> गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी >> तिलोत्तमाबासीमा योग मोह >> अबैध २५ करोड माथि छानबिन समिति बनाउन माओवादीको माग >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने >> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति >> प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित >> कर्णालीमा एसईईका लागि एक सय ८० परीक्षा केन्द्र >> बागमती प्रदेशमा अस्पतालहरूको दर्ता र नवीकरणका लागि अनलाइन सेवा >> सेयर बजार २७ सय तल झर्यो, कारोबार रकम घट्यो >> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग

जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् ।

३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उनले भने,  ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’

जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।

‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनले भने,  ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’

जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए ।

‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ,´अध्यक्ष प्रचण्डले भने,  ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’

विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उहाँले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको पनि उनले बताए ।

आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताए।

अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरे।

क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र बिफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उहाँले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरेका छन् ।

राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उहाँले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको बताए ।

‘जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?