© २०२३
बुटवल, १ फागुन ।
बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा विजयी हुदै देवदह ब्वाईज क्लब देवदह अन्तिम चारमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बिहिबार भएको खेलमा ईभोलुसन क्लब अफ बुटवललाई ४–२ गोल अन्तरले पराजित गर्दै देवदह अन्तिम चारमा प्रवेश गरेको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको दोस्रो क्वाटरफाईनल खेलमा देवदहको जितमा मनिष थारुले दुई तथा सुरज थारु र दिपेन शाहीले १–१ गोल गरे । इभोलुसनका बिनोद केवटले दुई गोल गरेका थिए । खेलमा देवदहका सुरज थारु म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिता अन्तरगत शुक्रबारको क्वाटरफाईनल खेलमा रामनगर युवा परिवार र सम्पूर्ण युवा क्लब सुपौलीका बिचमा खेल हुने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।