ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपः विदेशी टिमसहित आठ टोली भिड्ने

१ फाल्गुन २०८१, बिहीबार
१ फाल्गुन २०८१, बिहीबार

जितपुर, ३० माघ।
कपिलबस्तुमा हुने दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी तिब्र गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश खेलकुद परिषद् लुम्बिनी, राष्ट्रिय खेलकुद परिषद् प्रवद्र्धक बाणगंगा, शिवराज, कपिलवस्तु, कृष्णनगर, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिका संरक्षक तथा कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगिताको मैदान मर्मत, टिम दर्ता लगायतका धेरै कामहरु अन्तिम चरणमा पुगेको हो ।

संघका अध्यक्ष तिलक थापाले प्रतियोगिताको तयारीलाई अन्तिम चरणमा पुगेको बताए । प्रतियोगिता आयोजना हुने बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालालाई सजाउने काम भैरहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

यो संस्करणमा ६ वटा ए डिभिजन क्लब, एउटा मोफसल टिम र एक विदेशी टिम गरी कुल ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरूमा कपिलवस्तु ११ (कपिलवस्तु), मछिन्द्र फुटबल क्लब (काठमाडौं), हिमालय शेर्पा क्लब (काठमाडौं), संकटा क्लब (एस.बी.एस.सी काठमाडौं), थ्री स्टार क्लब (ललितपुर), हनामी बीएफसी (भरतपुर), झापा ११ फुटबल क्लब (बिर्तामोड, झापा) र डोजेन्ग्री फुटबल क्लब (सिक्किम, भारत) रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?