ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

कपिलवस्तु, १५ माघ।

कपिलवस्तुको तौलिहवामा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम शुरु गरिएको छ। कपिलवस्तु नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तौलेश्वरनाथ संस्कृत मावि तौलिहवाबाट अभियान शुरु गरिएको हो। सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले कार्यक्रमले समाजमा आत्महत्या न्यूनिकरण बारे सचेतना प्रवाह गरी आत्महत्याको दर घटाउन भूमिका खेल्ने बताए। युवामा बढ्दो नैराश्यता रोक्न परामर्शयुक्त सचेतना आवश्यक रहेको स्पष्ट पार्दै उनले बालविवाह न्यूनिकरण र लागु पदार्थको दुव्र्यसनी रोक्न सचेतना अभिवृद्धिमा सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए। विद्यालयस्तरबाट किशोर किशोरीलाई प्रवाह गरिने सचेतना प्रभावकारी हुने उनले बताए। जिल्लामा आत्महत्याको विषय जटिल र गम्भीर बन्दै गएकोले परिवार, समाज र सबै सरोकारवाला सजग हुनु पर्नेमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको जोड थियो। दुई साता चल्ने सचेतना अभियानमा सबै पक्षको भूमिका रहेकोले यसलाई अभियानको रूपमा अगाडि बढाईएको प्रजिअ अर्यालले स्पष्ट पारे। छिमेकी देश भारतमा आत्महत्याको दर विश्वमै बढी मध्य रहेकाले सोको प्रभाव मूल्याङ्कन गरेर न्यूनिकरणका उपायका लागि सहकार्य गरिनु पर्ने उनले सुझाव दिए। पछिल्लो समय किशोरावस्थामा आउने नैराश्यता, एन्जाइटी, डिप्रेशन र हार्मोनल इफेक्टका कारण आत्महत्याका लागि युवाहरू प्रोत्साहित हुने भएकाले मनोसामाजिक विमर्श, प्रेरणादायी उत्प्रेरणा प्रवाहमा सहकार्य आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक निरञ्जनदत्त भट्टले बताए। जिल्लामा झुण्डिएर र विष सेवन गरेर आत्महत्या बढी हुने भएकाले विषादीको खुल्ला बिक्री वितरणलाई प्रोत्साहित गर्ने पक्षलाई नियन्त्रण गर्न आवश्यक रहेकोमा उपरिक्षक भट्टले जोड दिए। जिल्लामा आत्महत्याको दरभन्दा आत्महत्याका लागि प्रयास गर्नेको संख्या बढी रहेकाले सचेतना र परामर्श प्रभावकारी हुने उनको ठम्याई थियो। कपिलवस्तु नगरपालिकासँगै अन्य स्थानीय तहसँग सहकार्य गरेर शान्तिपूर्ण र सुरक्षित समाज निर्माणमा प्रहरीले भूमिका खेल्ने उनले बताए।

सो अवसरमा जिल्लाको आत्महत्याको अवस्था प्रस्तुत गर्दै अभियानका संयोजक रहेका प्रहरी निरीक्षक माधव विश्वकर्माले सचेतनाका लागि जिल्लाका स्थानीय तहसँग समन्वय गरिएको जनाए। चालु आर्थिक वर्षको हालसम्म ९४ वटा, गत आर्थिक वर्षका १ सय १० वटा र अघिल्लो आर्थिक वर्षमा जिल्लाभर १ सय १४ आत्महत्याको घटना भएको उनले जानकारी दिए। त्यसैगरी चालु आवको हालसम्म जिल्लाभर १ सय ४२, गत आवमा १ सय ६५ र अघिल्लो आवमा १ सय ३४ आत्महत्या उद्योगको घटना भएको देखिएकोले सबै पक्ष गम्भीर भएर सचेतना प्रवाह गर्नु पर्ने उनले बताए। अभियानले आत्महत्याको दरलाई न्यूनिकरण गर्न आत्महत्या रोकथामको उपाय बारे नागरिकलाई सुसूचित गरेर मृत्युदर घटाउन भूमिका खेल्ने उनको भनाई थियो। लघु सचेतना कार्यक्रम माघ १५ देखि माघ मसान्तसम्म नगरका १२ वडाका टोल विकास, समूह, विद्यालय, बसपार्क र पार्क लक्षित गरी सञ्चालनमा ल्याइने निरीक्षक विश्वकर्माले जनाए। कार्यक्रमको सत्रमा जीवन बारे उत्प्रेरणा जगाउने प्रस्तुतीकरण सहित दुई घण्टा सम्म हुने सचेतना कार्यक्रममा नगरका सबै वडाका १ हजार २ सय बढी नागरिक सचेत हुने लक्ष्य राखिएको उनले स्पष्ट पारे। कार्यक्रममा प्रहरी उपरिक्षक भट्ट, नगर प्रमुख पौडेल, प्रजिअ अर्याल सहित सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डे, जिल्लाका प्रमुख अनुसन्धान अधिकारी दिनेश पोख्रेल, सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवाका अध्यक्ष देवी प्रसाद वर्मा लगायतको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?