© २०२३
म आमा हो, म त्यो आमा हो जुन मलाई जन्मदिने मैले आमाले भोग्नुभएको अवस्था जुन मलाई जन्म दिएपछि पाएको अर्को नाम हो आमा । आज फेरी मैले आमाको ठाउँमा म उभिएको छु, जुन मैले गरेको सन्तान छोरीलाई जन्म दिएपबापत भएको अर्को उपनाम हो आमा । भोग्दै छु । आमाले पाएको दुःख सम्झिरहेको छु ।
मैलेपनि भोग्दै आएको जुन फेरी चाहीँ दुःख मेरी छोरीले पनि भोग्नुपर्ने छ । धेरै ग्राहो छ– छोरी भएर जन्म लिन । छोरी हुँदाको रमाईलो क्षण स्वततन्त्रता, आमा वावाप्रतिको स्नेह, सबै छाडेर नेपाली परम्परा, सँस्कृतिले छोरी भएर जन्म लिएपछि पराई घर जानुपर्छ भन्ने मान्यताले छोरीबाट बुहारी बनायो । जुन छोरीबाट बुहारीको रूपमा अर्को नाम पाएँ । रहर ईच्छा र खुसी स्वतन्त्रता मैले त छोरीबाट बुहारी हुँदाका दिनबाट छोडेर आएको छु ।
छोरी हुँदा सबैको प्यारी सबैको मनमा राज गरेकी म बुहारी हुँदा ठिक उल्टो हुँदो रहेछ । साथसाथै समयले आमा बनायो, जब मलाई आमा भनेर बोलाउने मेरी छोरी जन्मलिएर मेरो काखमा आईन तब एउटै पिरलो मनमा खड्कीरह्यो ।
यो पनि त हामीलाई छोडेर विहे गरेर जाने होला । यहिपिर अझैपनि मेरो मनमा खड्किन्छ । जुन म बाँचुन्जेल खड्किने छ । आमाले सन्तानप्रति देख्ने सपना जुन आज मैले मेरो छोरीको लागि देख्दै छु, मेरो छोरीलाई पनि मेरो आमाले जस्तै खुुसी, सुखी भएको देख्न पाउँ । साँच्चै मेरो मन रुँदा मेरो मन मस्तिष्कलाई एउटै कुरा सधै खड्किरहन्छ– हामी रुँदा सुरुमा आमा किन रुनु हुन्छ भने आज स्वयं आमा बनेपछि थाहा भयो । दिन रात आफ्नो छोरा छोरीको उज्जवल भविष्यको खोजी गर्न दिनरात छोरीको भविष्यका लागि खटिरहन, आफ्नो सन्तानको खुसीका लागि आफू मैनवत्ती जस्तै रित्तिएर सन्तानको खुसीकालागि जिइरहने मेरी आमा महान हुन ।
म पनि एउटा सन्तानको आमा भएको कारण त्यही शब्द सापटी लिएर मेरो छोरीले पनि यही वाक्यांश पुनः दोहोराउने छिन्– मेरी आमा महान हुन ।
(लेखकः रामापुर माविकी शिक्षक हुन) ।