© २०२३
कपिलवस्तु, १५ माघ।
कपिलवस्तु, कृष्ण नगर वडा नम्बर १ बाट एक बिहानै १ किलो २५ ग्राम चरेस सहित एक जना महिलालाई पक्राउ परेकी छिन्। बिहानै चरेस बोकेर भारत जान लागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्र.ना.नि. सुशील के.सी.को कमाण्डमा खटिएको लागुऔषध नियन्त्रण टोलीले सोमबार कृष्णनगर सीमा क्षेत्रमा नेपालबाट भारत पैदल जान लागेकी महिलालाई संकालनगरी चेकजाँच गर्दा शरीरमा लुकाई राखेको अवस्थामा लागुऔषध चरेस फेला परेको हो।
पक्राउ पर्नेमा जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ९ शितलनगर घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा बस्ने वर्ष ३० की सरस्वती बी.क. रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। लागुऔषध चरेस कहाँबाट ल्याएको भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी