ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

रहरले पालिएका पंक्षीले घरखर्च चलाउँदै भोला

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

दाङ, २६ पुस ।

मान्छेका रहर पनि थरीथरीका हुन्छन् । यस्तै रहर पुरा गर्न घोराही उपमहानगरपालिका– १६ का खिरटियाका भोलाप्रसाद श्रेष्ठले पशु पक्षी पालेर आफ्नो रहर पुरा गरेका छन् । उनका घरका वरीपरी फाइटर कुखुरा, हाँस, परेवाले ढाकेका छन् । १५ वर्षअघि दुइवटा कुखुराबाट सुरु गरेका भोलासंँग अहिले ४० वटा कुखुरा, १५ हाँस र ८० परेवा छन् । जम्मा एक सय ३५ चराचुरुङी छन् ।

घर नजिकैको वनमा वन हेरालु पदमा काम गरेका भोलालाई चराचुरुङीको धेरै माया लाग्ने बताए । कृषि र पशुपंक्षी पालनमा रमाएका भोलाले घरमा उत्पादन हुने दाना खुवाएर पंक्षी पाल्ने गरेको बताए । घर भरी हाँस, कुखुरा, परेवा र बाख्रा देख्दा आनन्द लाग्ने उनी बताउँछन् । रहरले पालेका फाइटर (लडाकु) कुखुरा घरभरी भएका छन् । कुखुराका बच्चा घरमै उत्पादन गर्ने गरेको उनले बताए । धेरै ठूलो लगानी नगरी र घरमै उत्पादन भएको धान र मकैको दाना खुवाएर पाल्न सजिलो भएको छ । उनीसँग ६ वटा खसी पनि छन् । कृषि पेसामा लाग्दा समय गएको पनि पत्तो नहुने र आम्दानी पनि प्रशस्त भएको उनको भनाई छ ।

लक्का, गरीराज, लालसरा जातको परेवा पनि पालेका छन् । फाइटर कुखुरा लडाउनका लागि सौखिन मानिसले लैजाने गरेका छन् । “एउटा फाइटर कुुखुरा पाँच हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ”–उनले भने, “हाँस, कुखुरा र परेवा बिक्री गरेर घर खर्च चलाउका साथै अलिअलि बचत पनि भएको छ ।” धेरै लगानी र दुःख नगरेर पनि राम्रो आम्दानी हुन थालेपछि यसलाई निरन्तरता दिएको उनले बताए ।

गाउँघरका युवा रोजगारीको लागि बिदेशी भूमिमा गएको देख्दा उनलाई दिक्क लागेर आउँछ । अलीकती लगानी र जाँगर ग¥यो भने यही प्रशस्त आम्दानी गर्न सकिने उनको भनाई छ ।

घोराही बजारको नजिकै रहेकाले बिक्री गर्न कुनै समस्या नभएको उनले बताए । रहरले सुरु गरेको काम व्यावसायिक भएको छ । गोठको एउटा कोठामा बाख्रा र अर्को कोठामा पंक्षी बस्ने ठाउँ बनाएर पालेको उनले बताए । कामलाई सानो ठूलो नभनी सुरु गरेमा आम्दानी लिन सकिने उनको भनाई छ । घरमा खेर गएको अनाजलाई सदुपयोग गरेर आम्दानी पनि हुने र रहर पनि पुरा भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?