© २०२३
काठमाडौँ ।
साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ ।