ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत

बोरिङ र मोटरको जोहो गर्न नसक्ने किसान भने आकासको पानीको भर पर्नुपर्ने बाध्यतामा छन् । समयमा पानी नपर्दा कतिपय किसानले खेत बाँझै राख्छन् ।
२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

नेपालगञ्ज, २८ भदौ ।
बाँकेको राप्ती सोनारी ८ बालापुर र वडा नम्बर ९ ढकेरीको बिच भागबाट सिक्टाको मुल नहर बग्छ । तर त्यहि वडाका बासिन्दाले सिँचाई गर्न पाएका छैनन् ।
आफ्नै खेतबाट बगेको नहरको पानी सिंचाइ गर्न नपाउँदाको पीडा सुनाउँदै राप्ती सोनारी ९ ढकेरीका दशरथ ओली भन्छन्, ‘यो सिक्टा सिँचाईको मुल नहरको पानी बालापुर र ढकेरीको बिच गाउँको संरचना बिगारेर बगेको छ तर यहि वरिपरिको उर्वरा जमिनमा सिंचाइ गर्न पाएका छैनौं ।’ नहरले शाखा नहर र सहायक नहर नदिएकाले सिंचाइबाट बन्चित भएको ओली बताउँछन् । उनी भन्छन् ‘आफ्नै तौर तरिकाले हामी किसान आफैले स्याले ट्युवेल निर्माण गरेर दुई ईन्चको मोटरबाट सिंचाइ गरिरहेका सामन्य तया खेति गरिरहेका छौं ।’

नहरको छेउछाउमा खेत हुने कतिपय किसानले मोटरबाट पानी तानेर कष्टपूर्ण तरिकाले सिंचाइ गर्न बाध्य छन् । नहरभन्दा केही पर खेत भएका किसानहरूलाई मोटरबाट पानी तान्न सम्भव छैन । जति धेरै गहिराईमा बोरिङ गाडे पनि त्यसबाट पर्याप्त पानी नआउँदा किसान झन् समस्यामा छन् ।

राप्ती सोनारी ९ कौवाकाडाका घन बहादुर ओलीले सिंचाइको लागि डिप बोरिङ गाडे पनि पर्याप्त पानी नआउने समस्या रहेको बताउँछन् । ‘डिप बोरिङबाट अटोमेटिमक पानी आउने भएपनि थोरै आउँछ, त्यसले सिंचाइकोलागि पुग्दैन ।’ ढकेरी क्षेत्रमा खेतीपातिकोलागि समस्या भनेको सिंचाइ मात्र रहेको उनको भनाई छ । ‘सिक्टा सिंचाइको पानी सर्लक्क बगेर नहरै नहर भएर जान्छ ।’ ओली भन्छन् –‘नहरकै छेउका खेत सुक्खा छन् सिंचाइ गर्ने कुनै विकल्प छैन ।’

करिव ३ किलोमिटरको दुरीमा पाईप तानेर सानो मोटरबाट सिंचाई गर्दा खेत बारीमा सिंचित हुन कति समय लाग्छ होला ? अनुमान गर्न सजिलो छैन । तर, घनबहादुरले सुख्खा याममा पनि यसैगरी पानीको जसोतसो जोहो गरेर बसन्ते मकै खेती गर्दै आएको बताउँछन् । ‘धान त आकाशकै भरमा खेती गर्छु ।’ घन बहादुर भन्छन्, ‘नपत्याए तपाईहरू आफै आएर हेर्न सक्नुहन्छ दुई किलोमिटर पर खाल्टोको पानी मोटरले तनेर बसन्ते मकै पनि खेती गर्ने गरेको छु ।’

दशरथ र घनबहादुर मात्रै होइन, ढकेरी क्षेत्रमा सबैजसो सिकानहरू आफ्नै बलबुतामा सिंचाइको ब्यवस्था गरेर खेती गरिरहेका छन् । खैरी, उड्डैन क्षेत्रका किसानले सिंचाइका लागि एक जनाले करिब डेढ लाखसम्म खर्च गर्नुपर्ने बध्यता छ । राप्ती सोनारी ९ खैरी का किसान तारा बहादुर डाँगीले हिँजो आज सबैतिर हरियाली देखिएपनि चैत बैशाख तिर २५ प्रतिशत जमिनमा किसानहरूले आफ्नै बलबुटामा सिंचाइ गरेर खेती गरेपनि करिब ७५ प्रतिशत जमिन बाँझै रहने गरेको बताउाछन् । उनी भन्छन् ‘आफ्नै स्रोतसाधन जति चल्छन् सिंचाइ गरिन्छ, यो नहर देशको मुख्य योजना भन्छन् तर देखाउने दाँत मात्र भयो हाम्रोलागि काम भएन ।’
बोरिङ र मोटरको जोहो गर्न नसक्ने किसान भने आकासको पानीको भर पर्नुपर्ने बाध्यतामा छन् । समयमा पानी नपर्दा कतिपय किसानले खेत बाँझै राख्छन् । सिँचाइ नहुँदा अन्नबालीको उत्पादन सोचे जस्तो हुँदैन । समयमा खेती लाउन नसकिने, सुक्खाले गर्दा सबै बिउ राम्रोसँग नउम्रिने र उत्पादन पनि सोँचे जस्तो नहुने किसानहरू बताउँछन् ।

बाँकेमा सिमिट र एनसाफ परियोनाले विभिन्न सहकारीमार्फत किसानलाई कृषि उत्पादन बढाउनकोलागि सहयोग गर्दै आएको छ । बाँकेको राप्ती सोनारी ८ र ९ नम्बर वडाका किसान कृषि ज्ञान र प्राविधिक सहयोगले पहिलेको तुलनामा उत्पादन केही बढाउन सफल पनि भएका छन् । तर सिंचाईका लागि संघर्ष गरिरहेको किसानहरू बताउँछन् । सिँचाइको व्यवस्था भए मकै, धान लगायतका बाली र तरकारी उत्पादन बढाउन सकिने किसानको बुझाइ छ । महिला जागरण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भागीरथी खड्काले सहकारीमा आवद्ध धेरै महिलाहरूबाट सिंचाईको अभावमा बसन्ते मकै खेती गर्न नपाएको गुनासो आउने गरेको बताउँछिन् । ‘सिंचाइको लागि हामीले वडा र पालिकामार्फत मोटरको लागि पहल गरिरहेका छौं ।’ अध्यक्ष खड्का भन्छिन् –‘ढकेरी क्षेत्रभरी बसन्ते मकै खेती विस्तार गरेर हरा भरा बनाउने प्रयासरत छौं ।’ ढकेरी क्षेत्रका केही किसान करिव डेढ सयदेखि दुई सय फिट तलसम्म बोरिङ गाडेर सिंचाइ गरिरहेका छन् ।

अहिले एउटा बोरिङबाट ४ देखि ६ जना किसान मिलेर सिँचाई गरिरहेको र त्यही बोरिङ पनि अनुदानका लागि धेरै ठाउँमा धाएर ल्याउन सफल भएको राप्ती सोनारी ९ ढकेरीकी कमला विष्ट बताउँछिन् । करिब एक महिना बढी समय सम्मको डौडधुप पछि भैरह्वा लुम्विनी भुमिगत जलसिंचाइ ब्यवस्थापन कार्यालय रूपन्देहीले बोरिङ र मोटर उपलब्ध गराएपछि अहिले धेरै राहत भएको विष्टको भनाई छ । उनी भन्छिन् ‘हाल १८ वटा बोरिङ र मोटरबाट म लागायत केही किसानले सिंचाइ गर्नपाउँदा धान पनि सप्रिएको छ, अझ धेरै किसानलाई सिंचाइ पुगेको छैन ।’

शाखा नहर विस्तार नहुँदासम्म सिक्टा सिंचाइको पानी नलाग्ने राप्ती सोनरी ९ ढकेरीमा बोरिङ र मोटरको आवश्यकता तथा माग बढिरहेको छ । तर थोरै मात्रामा अनुदानमा आएको मोटर प्रत्येक बर्ष वडाको समन्वयमा पालै पालो वितरण गरिरहेको राप्ती सोनारी ९ का वडा सदस्य रिता बस्नेतको भनाई छ ।सिक्टा सिंचाइको ४५ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पश्चिम मूल नहरको ३३ हजार ७६६ हेक्टर कमान्ड क्षेत्रमध्ये सिधनिया शाखा नहर भन्दा अन्य शाखा–प्रशाखा नहर निर्माण हुनसकेको छैन । शाखा नहर विस्तार हुन नसक्दा राप्ती सोनारीको बालापुर, ढकेरी लगायत अन्य क्षेत्रका किसानहरू पनि सिँचाइबाट वञ्चित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?