ट्रेंडिंग:

>> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे

पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

प्युठान, ०५ असोज ।
जिल्लाका विभिन्न स्थानमा निर्माणाधिन पक्किपुल निर्माण व्यवसायिको लापर्बाहीले गर्दा वर्षौदेखि अलपत्र परेका छन् । सर्वसाधारणका लागि नदीले दिएको सास्ती हटाउन निर्माण थालिएका पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीले सास्ती वेहोर्न परेको छ । स्वर्गद्वारी नगरपालिका ५ सारी, स्वर्गद्वारी ३ जलुके र ऐरावती ५ झिबाङमा निर्माणाधिन पक्किपुल निर्माण व्यबसायीका कारण वेवारीसे बनेका हुन् । नियामक निकायको नियमित अनुगमन र निर्माण व्यवसायीको लापर्बाहीका कारण पुल निर्माण समयमै सम्पन्न हुन सकेका छैनन् । बजेट परेर पनि समयमै पुल निर्माण सम्पन्न नहुँदा सास्ति भैरहेको स्थानीयको गुनासो छ ।

रोल्पाको सुनिलस्मृति–२ खुङ्ग्री देखि स्वर्गद्वारी नगरपालिका–५ सारी जोड्ने माडि नदिको पुल, स्वर्गद्वारी नगरपालिका–३ देखि ७ नल्सी जोड्ने माडी नदीको पुल र ऐरावती गाउँपालिका–५ झिवाङ देखि ढुइवाङ जोड्ने झिमरुक नदीमा पुलका केहि भौतिक पूर्वाधार निर्माण गरेर अलपत्र अवस्थामा छाडिएको छ । यी पुलहरू २०७४ अघि निर्माण थालिएका हुन् ।

सडक डिभिजन कार्यालय प्यूठानका अनुसार जलुके र नल्सी जोड्ने पक्की पुल ७५ प्रतिशत र अन्य दुई पुलको ३६ प्रतिशत भौतिक संरचना निर्माण गरिएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय जस्पुरका सूचना अधिकारी इञ्जिनियर राजेन्द्र कार्कीले बताए । ‘ठेक्का पर्दा दिएका डिजाइन परिवर्तन गर्न खोज्ने, सामग्री तथा ढुवानी समस्या देखाएर काम रोकिएको पाइएको छ’ कार्कीले भने, ‘निर्माण व्यवसायीको ढिलासुस्ती नै प्रमुख कारक हो ।’

जिल्लाका पुलहरूको निर्माण भौतिक प्रगति भन्दा बढी भुक्तानी समेत गरिएको पाइएको छ । जिल्लामा निर्माण सामाग्रीको अभाव, निर्माण व्यवसायीको ढिलासुस्ती, आवश्यक मात्रामा बजेट विनियोजन नहुनु, जटिल प्रकृतिका कार्यहरूमा दुर्गम क्षेत्रमा निर्माण सामग्रीहरू उपलब्धता नहुनु र ढुवानीमा समेत जटिलता र डिजाइन रिभ्यु र स्विकृतले समय लाग्ने समस्या देखिदै आएको कार्यालयको भनाइ छ ।

जलुके–नल्सी पुल ७५ प्रतिशत काम सकिएको छ । सडक डिभिजन कार्यालयका अनुसार भुक्तानी भने ७६ प्रतिशत भएको छ । ३ वर्षमा निर्माण सक्ने लक्ष्यसहित २०७३ बैशाख ६ मा मृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श चितवनले ८ करोड ७१ लाख ६३ हजार रूपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो । यो पुल निर्माणको लागि पटक /पटक म्याद थपिएको छ । अन्तिम म्याद २०८१ असोज ३० सम्म छ । त्योे अवधि एक महिना छ । ‘काम शुरु भएको कम्तिमा ८ महिना लाग्छ’ कार्कीले भने ।

२०७४ असार ९ गते सम्झौता भइ काम शुरु गरिएको माडी नदी माथीको सारी–खुङग्री पुल डिजाइन मै समस्या देखिएको भन्दै निर्माण व्यवसायीले काम रोकेका छन् । यो पुल निर्माण गर्ने निर्माण व्यबसायी सम्पर्कमा नभएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । नार्गाजुन कन्ट्रक्सन कम्पनि प्रा.ली . काठमाण्डौले १२ करोड १० लाख ५ हजारमा सम्झौता गरी काम शुरु गरेको थियो । १५ हजार जनसङ्ख्या लाभान्वित हुने पुल पटक पटक म्याद थप बाहेक थप प्रगति हुन सकेको छैन् । सडक डिभिजन कार्यालयका अनुसार पुलको सम्झौता अवधि २०८२ माघ १० सम्म रहेको छ । पुलको डिजाइनमा समस्या देखिएपछि पुनः विचारका लागि सडक विभागमा पठाइएकोमा अस्विकृत भएपछि निर्माण व्यवसायीले काम शुरु नगरेको कार्यालयले जनाएको छ । काम शुरु भइहाल्यो भने निर्माण सम्पन्न गर्न १८ महिना लाग्ने कार्यालयको भनाइ छ ।

यस्तै झिवाङ–ढुइवाङ–रस्पुरकोट जोड्ने झिमरुक नदी माथीको पुलको सपना–जयबागेश्वरी माता जे.भि. नेपालगञ्जले निर्माण थालेको हो । २०७४ पौष १४ मा १२ करोड २४ लाख ५९ हजारमा सम्झौता गरी काम शुरु गरिएको पुलको ७ वर्षमा ३६ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक भिभिजन कार्यालय जनाएको छ । यहाका पनि पुलको डिजाइनमा समस्या देखिएको भनिएको छ । डिजाइन स्टिमेट परिवर्तन गर्नका लागि सडक विभागमा पठाइएकोमा स्विकृत भएपछि पनि निर्माण व्यवसायीले निर्माण थालनी नगरेको कार्यलयको भनाइ छ । पुलको सम्झौता अवधि समेत सकिएको छ ।

सडक डिभिजन कार्यालयले २०८० असार ३० गते ठेक्काको अवधि सकिएपनि निर्माण व्यवसायी सम्पर्कमा नआएको बताएको छ । निर्माण व्यवसायीको लापरबाही रहेको इञ्जिनियर कार्की बताउँछन् । जिल्लामा पुल अलपत्र हुँदा नागरिक, राजनीतिक तवरबाट सम्बन्धित कार्यालय, प्रदेश सरकार, संघ सरकारका जिम्मेवार व्यक्तिहरूसंग ध्यानाकर्षण गर्ने काम स्थानीयले गरिरहका छन् । जिल्लाका नेता कार्यालय लगायत सरोकारवाला निकायलाइ पटक पटक ध्यानकार्षण गराउदा समेत सुनुवाइ नभएको स्वर्गद्वारी नगरपालिका–७ का टेक प्रसाद भट्टराईले बताए । ‘लामो समय हराएको निर्माण कम्पनि जेठमा आएर काम जुलुकेका काम सुरु गरेको थियो, भट्टराईले भने,‘बर्खामा रोकिएको काम कहिले थाल्ने हो अत्तोपत्तो छैन ।’ यहाँ निर्माण व्यवसायीले सामग्री उठाउँदा स्थानीयले अवरोध समेत गरेका थिए । वर्खा सकिए लगत्तै आउने आश्वासन पछि मात्रै सामग्री उठाउन दिइएकोमा अझै निर्माण व्यवसायी सम्पर्कमा नआएको भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%