ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार

चाडपर्व समेत नजिकिइसकेका कारण सडकका खाल्डाखुल्डी पुर्ने गरी तीव्र गतीमा काम सुरु गर्न निर्देशन दिईएपनि ठेकेदारले बेवास्ता गरेको पाइएको छ ।
६ आश्विन २०८१, आईतवार
६ आश्विन २०८१, आईतवार

सुनवल, ०६ असोज ।
पानी पर्न रोकिएपनि नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने पश्चिम खण्डमा ठेकेदारले सडक बिस्तारको काम अझै सुरु गरेको छैन् । चाडपर्व समेत निजिकिसकेका कारण सडकका खाल्डाखुल्डी पुर्ने गरी तिव्र गतिमा काम सुरु गर्न निर्देशन दिईएपनि ठेकेदारले वास्ता नगरेको पश्चिम खण्डका आयोजना प्रमुख शंशाक मिश्रले बताए ।

पटक पटक ठेकेदारलाई छिटो काम सुरु गर्न भनिएपनि ठेकेदारले आलटाल काम गरिरहेको मिश्रले बताए । ठेकेदार पक्षसँग शुक्रबार पनि छलफल भएको बताइएको छ । ठेकेदार चाईना स्टेट ईन्जिनियरिंग कर्पोरेशनले यस अघिनै काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अझै कामलाई गति दिएको छैन् । एक दुई स्थानमा डोजर स्काभेटर खडा गरेर काम गरेको देखाएजस्तो गरिएको छ तर काम भएको छैन्, आयोजना स्रोतले भन्यो ।

सोहि सडक खण्डको दाउन्ने पुर्वि खण्डका विभिन्न स्थानमा भने सडक कालोपत्र गर्ने काम समेत सुरु भईसकेको अवस्थामा पश्चिम खण्डमा ठेकेदारले वर्षायामभर विश्राम दिएका कामदारलाई काममा समेत फिर्ता बोलाएको छैन् । मुलुककै सबैभन्दा व्यस्थ राजमार्ग अन्र्तगत पर्ने नारायणगढ बुटवल सडक खण्डको यो दुर्दशा हुन लागेको वर्षो भईसकेको छ तर चाडपर्वको समयमा सवारीको चाप अझ बढि हुने भएकाले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दहालले सडकको स्थलगत अनुगमन गरी तत्कालै कामलाई तिव्रता दिन निर्देशन दिएपनि ठेकेदारले सुनेको छैन् । स्रोतका अनुसार आर्थिक अभावको चपेटामा परेको ठेकेदार कामनै नगरी फर्कने मनस्थितिमा थियो तर पछिल्लो सयम दबाबका बिच काम गर्न राजि भएपनि काम सुरु गर्न ढिलाई गरेपछि समस्या भएको हो । आयोजनाको नियामक निकायका पदाधिकारी समेत ठेकेदारले कुरा नसुन्दा दिक्क भएका छन् । दाउन्ने पश्चिम खण्डमा दाउन्ने उकालो सहित विभिन्न स्थानमा पुल निर्माणका काम बाँकि नै छन् । बर्दघाट लगायतका बजार क्षेत्रमा कालोपत्र नहुदा धुलो र हिलोको सास्ती छ । सडक विस्तार थालेको ६ वर्ष हुदा समेत यसको भौतिक प्रगति बल्ल ५३ प्रतिशत पुगेको छ । निर्माण गति सुस्त रहेकै बेला फेरि गत महिना सडक विस्तार पुरा गर्न भन्दै एक वर्षको म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि गत महिना म्याद थप भएको हो ।

११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौता अनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले ढिलाइ गर्दा कामले गति लिन नसकेको हो । कामको गति बढाउने गरी म्याद थप गर्ने निर्णय भएको आयोजना निर्देशनालयले बताएपनि ठेकेदारले काममा गति दिनुको साटो झारा टार्ने काम मात्र गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?