ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

वलीको प्रेरणादायक उद्यम यात्रा

आफ्नो संघर्षलाई आफ्नो शक्तिमा बदल्दै बालिका सफल उद्यमी बनेकी छन् । तर उनी अझै पनि उद्यमीहरूको लागि सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जाका अवसरसँग जोडिन सकेकी छैनन् ।
५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

लमही, ०५ असोज ।
सफल महिला उद्यमी वालिका वलीको प्रेरणादायक यात्रा । जुन एक कठिन संघर्षबाट सुरु भएको थियो । उनी धेरै महिलाहरूका लागि प्रेरणा दिने उदाहरण बनेकी छन । दाङकी वालिकाले आफ्नो जीवनको कठिन परिस्थितिहरूलाई पार गर्दै “टाइगर गार्मेन्ट उद्योग“ स्थापना गरेकी छिन् । उनले ५ लाख रूपैयाँबाट सुरु गरेको साना सिलाई व्यवसायलाई आज करोडौंको कारोबारमा पु¥याएकी छिन् । उनले ४ दर्जन महिला सहित आधा दर्जन पुरुषलाई रोजगारी दिएकी छिन ।

दाङ लमही नगरपालिका–३ बनगाउँकी ४२ वर्षीया वालिका वलि सफल महिला उद्यमी हुन् । जसले आफ्नो कठिन जीवनलाई संघर्षको माध्यम बनाएर उद्यमशीलता प्राप्त गरेकी छन् । श्रीमान्वाट अनेक यातना पाएकी वलिले २०७४ सालदेखि ‘टाइघर गार्मेन्ट उद्योग’ सञ्चालन गर्दै आएकी छन् । जहाँ कच्चा कपडा ल्याएर रेडिमेड कपडा बनाइन्छ ।

२०३८ असोजमा जन्मिएकी उनको २०५४ सालमा १६ बर्षको उमेरमा दाङकै कार्भेको दाङ बाङमा भन्ने स्थानमा एक जिसी परीवारमा मागी बिबाह भयो । त्यसपछि उनका सबै सपनाहरूमा पूर्ण बिराम लाग्यो । काहाली लाग्दा दिनको सुरु भयो । श्रीमानबाट पाएको मानसिक र शारीरिक यातना सहेर पनि उनले आफ्नो परिवारको इज्जतको लागि सहन गरिन् । जब श्रीमानले अर्को विवाह गरे, वलिले सम्बन्धविच्छेद गर्ने निर्णय गरिन् । र, आफ्नै खुट्टामा उभिने संकल्प गरिन् । माइतीको सहयोगमा सिलाई–कटाई व्यवसाय सुरु गरिन । उनले आफ्नो दुई सन्तानको भविष्य सुरक्षित गर्दै व्यवसायलाई विस्तार गरिन् । नेपालमा महिलाहरूको उद्यमशील यात्रा अझै पनि चुनौतीपूर्ण छ । यद्यपि केही क्षेत्रमा सुधार देखिएको छ । सामाजिक, सांस्कृतिक, आर्थिक र कानुनी अवरोधहरूको कारण महिलाहरूलाई उद्यमशील बन्ने मार्गमा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ । यी अवरोधहरूमा परिवारको समर्थनको कमी, पूँजी जुटाउन कठिनाइ, वित्तीय साक्षरता अभाव, र लिङ्गीय विभेद जस्ता समस्याहरूले गर्दा महिला उद्यमी कम देखिन्छन् ।

यद्यपि वलिको यात्रा सजिलो थिएन । उनले राज्यले प्रदान गर्ने सहुलियत कर्जाका अवसरहरू र तालिमहरूबारे पर्याप्त जानकारी पाउन सकेकी थिनन् । स्थानीय सरकार र प्रदेश सरकारले महिला उद्यमीहरूलाई प्रोत्साहित गर्न विभिन्न सहुलियतपूर्ण कर्जा र तालिम कार्यक्रमहरू सञ्चालन गरेको छ । तर उनी यस्ता अवसर पाउन नसकेको बताउँछिन् ।

वलिको संघर्ष र सफलताको कथा नेपालको उद्यमशील महिलाहरूका लागि प्रेरणादायक छ । स्थानीय पालिकाहरू, स्थानीय स्तरमा विभिन्न उद्यमशिलता विकास कोष वा कार्यक्रमहरू मार्फत साना तथा मझौला उद्यमहरूलाई प्रोत्साहन दिने उद्देश्यले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराइन्छ । कर्जा १ लाखदेखि ५ लाख रूपैयाँसम्म उपलब्ध गराउने लमही नगरपालिका उपमेयर लक्ष्मी योगी बताउछिन् । यद्यपी लमही नगरपालिकाले सबै भन्दा प्राथमिक महिला उद्यमीका लागि दिए पनि हालसम्म कसैले पनि चासो नराखेको बताइन । त्यसै गरी प्रदेश सरकारले पनि प्रदेशस्तरमा पनि विभिन्न उद्यम कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जसमा युवा र महिला उद्यमीलाई प्राथमिकता दिने कर्जाका योजनाहरू पनि छन् । यो कर्जा रकम परियोजनाको प्रकार हेरेर सामान्यतया ५ लाखदेखि ५० लाख रूपैयाँसम्म हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?