ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

बाँके, २० चैत ।
करोडौँको लगानीमा बनेका खानेपानी ट्यांकी श्रमदान नहुँदा सञ्चालनमा आउन सकेको छैन । बाँकेको जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा करोडौं लगानीमा बनेका खानेपानी ट्यांकी सञ्चालनमा आउन नसकेका हुन् । खानेपानी योजननाका लागि जनस्तरबाट हुने श्रमदानको काम हुन नसक्दा करोडौंको योजना सञ्चालनमा आउन नसकेको हो ।बाँकेमा खाने पानी अयोजना २०७२/०७३ सालदेखि योजना बनेपनि सञ्चालनमा आएको छैन । बाँकेको जानकी गाउँपालिकामा गनापुरमा ७ करोड ३० लाखमा गनापुर खानेपानी समिति बनाएर स्थापनाको भएको थियो । तर भैतिक संरचना सम्पूर्ण बनिसकेपनि १० प्रतिशत काम जनश्रमदानबाट खानेपानीको पाईप विछ्याने काम हुन नसकेको छैन । जानकी गाउँपालिकाको इन्द्रपुरमा आर्थिक बर्ष २०७४/०७५ सालमा ८ करोड २७ लाख लगानीमा इन्द्रपुर ट्युववाइल खानेपानीको पानी ट्यांकी र भवन निर्माण भएपनि सञ्चालन भएको छैन । सोही गाउँपालिकाको खजुरा खुर्दमा आर्थिक बर्ष २०७४/७५ मै ८ करोड २२ लाखमा खजुरा खुर्द खानेपानी पानी ट्यांकी निर्माण भएपनि सञ्चालमा आउन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रकाश जंग शाहले बताए । सरकारको ठोस निति नभएको कारणले कार्यालयबाट सम्पूर्ण काम भएपनि श्रमदानबाट हुने काम नभएको कारणले खानेपानी सञ्चालनमा आउन नसकेको कार्यालय प्रमुख शाहले बताए ।

संघीय सरकारले खानेपानी सञ्चालको लागी २० प्रतिशत श्रमदानबाट हुने र बाँकी सरकारको लागनीबाट पुर्ती हुने भएकोले जानकी र नरैनापुरका खानेपानी मात्र नभएर बाँकेका अधिकांश खानेपानी आयोजना सञ्चालनमा आउन सकेको छैन । एक त मानिसहरूमा जनश्रमदान गर्ने भावना र समय पनि नहुने र अर्को गाउँभेगमा मानिसहरू पैसा तिरेर खानेपानी इच्छा नभएको कारणले खानेपानी सञ्चालनमा आउन नसकेको देखिन्छ । मानिसहरूले अझै धाराको पानी खाने पैसा किन तिर्ने मानिसकता रहेको देखिन्छ । खास गरी गाउँ भेगमा यो मानसिकता रहेको देखिन्छ । जानकी गाँउपालिकामा निर्माणको क्रममा रहेको खजुरा खुर्द खानेपानी असार मसान्त सम्म सञ्चालनमा रहेको खजुरा खुर्द खानेपानी समितिका अध्यक्ष लोकनाथ वर्माले बताए । खानेपानी निर्माणमा उपभोत्ताबाट १० प्रतिशत काम गर्नुपर्ने भएको कारणले ढिलाई हुने भएको अध्यक्ष वर्माले बताए । उनले भने, उपभोक्ताले श्रमदान गर्न नमान्ने र गाउँपालिका र वडा कार्यालयले पनि चासो नदेखाएको कारणले खानेपानी सञ्चालनमा नआएको हो ।

नरैनापुर गाँउपालिमापनि अझै सम्म निर्माण अन्तिम चरणमा रहेपनि सञ्चालनमा कुनैपनि खानेपानी सञ्चालनमा आउनसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर तथा सुचना अधिकारी खगेन्द्र खत्रीले बताए । उनले भने नरैनापुर गाँउपालिका भित्र करिब ९ ओटा खानेपानीको निर्माण अन्तिम चरणमा भएपनि गाँउका मानिसले श्रमदान नगरेकोले सञ्चालनमा आएको छैन । नरैनापुर गाँउपालिमा आर्थिक बर्ष २०७४।०७५ सालमा करोडौँको लगानीमा लक्ष्मणपुर दिपट्युवेल खानेपानी, कट्क्वाँईया खानेपानी, नरैनापुर खानेपानी, कालाफाँटा खानेपानीर गंगापुर खानेपानी योजना सञ्चालनमा आएपनि सञचालनमा आएको छैन ।खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सम्पूर्ण सेवा सुबिधा दिएपनि गाँउकांं उपभोत्ता मानिसहरूले चासो नदेखाउने र निमार्णका लागि श्रमदान गर्नपनि नमान्ने भएकोले सञ्चालनमा ढिलाई भएको नरैनापुर गाँउपालिकाको गंगापुर खानेपानी समितिका अध्यक्ष ईन्द्रजित मौर्याले बताए । उनले भने, निमार्ण सम्पन्नका लागि १० प्रतिशत काम श्रमदानबाट नभए पनि खानेपानी सञ्चालन हुने अवस्थामा आइसकेको छ तर कुनै मानिसले आहिले सम्म खानेपानी जडानको लागि आएको छैन । श्रमदान १० प्रतिशत श्रमदान पहिलै भएको भए पहिलै सञ्चालनमा आइसक्थ्यो ।

अहिलेका जनताहरूले श्रमदान नगरेर उल्टै गाँउपालिकाबाट श्रमदान लिन खोज्नेको संख्या धेरै रहेको जानकी गाँउपालिकाका अध्यक्ष छव्वन खाँले बताए । उने भने खानेपानी छिटै सञ्चालनमा आए गाँउपालिकाका जनताहरूले स्वच्छ खानेपानी पिउन सक्ने बताए । अन्तिम खानेपानीको काम अन्तिम चरणमा आइसकेकोले बाँकी काम श्रमदानमा नभए पालिकाबाट गराएर भएपनि छिटै सञ्चालनमा ल्याने प्रतिबद्धता गरे । त्यस्तै नरैनापुर गाँउपालिकामा पनि श्रमदानबाट हुने जतिको काम गाउँपालिकाबाट गर्ने निर्णय गरेको नरैनापु गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए । उनले भने अहिलेका जनताहरु श्रमदान गर्न चाहँदैनन् र त्यही भएको कारणले खानेपानी सञ्चालनमा आउन सकेको छैन । जनताहरूको घर घरमा स्वच्छ खानेपानी पुगेपछि गर्मी महिनामा लाग्ने रोगबाट बचाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%