ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

प्रदुषित सहरको सूचीमा कहिलेसम्म ?

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

काठमाण्डौ विश्वकै प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमा परेको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार सोमबार काठमाण्डौको वायु अस्वस्थकर २५३ एक्यूआई पुगेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सर लगायत रोगको जोखिम बढ्छ । त्यो अवस्थामा संघीय राजधानी काठमाण्डौंका नागरिक असुरक्षित जीवन बाँचीरहेका छन् । काठमाण्डौंको आकासमा अहिले कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरूसँगको घुलन छ । अहिले काठमाण्डौको हावामा यस्ता विषाक्त ग्याँसको मात्रा उच्च रहेको छ । सडकको धुलो, धुवाँ र आगलागी प्रदूषणको मुख्य कारण हो । पानी नपरेसम्म प्रदुषण घट्दैन । जसका कारण काठमाण्डौंमा बाहिर हिँडदा समेत मास्क, चश्मा लगाउनु पर्ने अवस्था छ । काठमाण्डौंसंगै नेपालका महत्वपूर्ण र ठूला बुटवल जस्ता सहरहरू पनि प्रदुषित सहरमा परेका छन् । संसारमा वायु प्रदुषणबाट सिर्जित नागरिकको स्वास्थ्यजस्तो सम्बेदनशील विषयले थप सम्वेदनशील अवस्थामा पु¥याएको छ । आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै जाने निश्चित छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको स्वास्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका अधिकांश देशका सहरहरू तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ । अर्को गंभीर कुरा के हो भने शहरी क्षेत्रमा वसोवास गर्ने विश्वका करिब ८० प्रतिशत मानिसहरू विश्व स्वास्थ्य सङ्गठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदूषणको सिकार बनिरहेका छन् । खासगरी कम आयस्तर भएका शहरी क्षेत्रका वासिन्दा बढी प्रभावित छन् । पछिल्लो शहरी वायु गुणस्तर तथ्यांक अनुसार गरिब र तीब्र आर्थिक विकासको क्रममा रहेको मध्यपूर्व र दक्षिणपूर्वी एसियाका मध्यमस्तरका मुलुकमा ९८ प्रतिशत शहरहरूमा वायुको गुणस्तर मापदण्ड अनुसार छैन् । अव विश्वले वायुको गुणस्तर कायम नगर्ने हो भने आगामी दिनमा यो समस्या अझ विकराल भएर जानेछ र मृत्युको मुख्य हिस्सा नै वायु प्रदूषण बन्नेछ । वायु प्रदूषण हुने मुख्य कारणमा यातायातका साधनबाट निस्कने धुवाँ, औद्योगिक र कृषिजन्य प्रदुषण, खाना पकाउन प्रयोग हुने दाउरा आदि रहेका छन् ।
वातावरण प्रदुषण नियन्त्रणका लागि अव वातावरणवीदहरूको चिन्तासंगै सरकारले समेत यो विषयमा गंभीर ढंगले सोच्नु जरुरी छ । काठमाण्डौं जस्तै बुटवलको अवस्था पनि प्रदुषित छ । यहाँपनि विकास निर्माणको काम भैरहेको छ । धुलो, धुवाँ लगायतका कारण बुटवल प्रदुषित हुँदै गएको छ । बुटवलको नयाँ परिचय राजधानी काठमाडौंजस्तै धुवाँ र धूलोको शहरको रूपमा अगाडि बढि रहेको छ । मुख्य सडक क्षेत्रको दुरावस्थाका कारण नगरवासीले लामो समयदेखि कष्ट भोग्दै आएका छन् । मुख्य सडकमा जताततै खाल्डाखुल्डी, अव्यवस्थित ढल र धुवाँ–धूलो सामान्यजस्तै बनेको छ । बुटवलमा घाम लाग्दा धूलो र पानी पर्दा हिलोको समस्याले पीडित भएको अवस्था छ । जसका कारण व्यवसाय गर्नेलाई समेत तनाव छ । धुलो, धुवाँले मानिसलाई विभिन्न रोग निम्तिने खतरा छ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम अहिले भैरहेको छ । सडक निर्माणको काम अहिले तीब्ररूपमा अघि बढेपनि पहिले भएको ढिलासुस्तीका कारण बुटवलबासी प्रदुषणको चपेटामा परेको यथार्थ हो । अर्कोतर्फ फोहोरको व्यवस्थापन हुन नसक्दा पनि ठूलो समस्या उत्पन्न भएको छ । यसको दिगो समाधान खोज्नु जरुरी छ । बढ्दो जनसंख्या समेत प्रदुषणको कारक हो । सरकारले अव ठूला शहरलाई मध्यनजर गरेर नयाँ कार्यक्रम ल्याउन जरुरी छ । प्रदुषित सहरको सूचिमा समावेश हुनु राम्रो होइन् । यो बिषयमा सरकारको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?