© २०२३
बुटवल, २० चैत । स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा बिदाई तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाईसंगै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रमको एक समारोहका बिच राष्ट्रिय परिक्षा बोर्ड, लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख रमाकान्त तिवारीले उद्घाटन गर्दै स्कलर्स होम बुटवल नगरमा शैक्षिकसंगै विद्यार्थीहरुलाई ब्यक्तिगत विकास र सामाजिक क्षेत्रमा अग्रसर गराउन सफल भएको बताए । विद्यार्थीलाई शैक्षिक यात्रामा जग बसाल्ने महत्वपुर्ण योगदान दिन विद्यालय र शिक्षकहरु सफल भएको उनले दाबी गरे । आउदै गरेको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने परिक्षामा अप्नाउनुपर्ने सावधानीबारे विस्तृत रुपमा बुझाउदै उनले उच्च अंक ल्याउने गरि तयारीमा लाग्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले रुपन्देही अब्बल शैक्षिक हबका रुपमा रहेको दाबी गरे । शिक्षा क्षेत्रमा लगानीकर्ता, दक्ष जनशक्ति र विधार्थीहरुबाट सकारात्मक भुमिका महत्वपुर्ण भएको उनले बताए । उत्कृष्ट नतिजा ल्याएर विधार्थीहरुबाट यस क्षेत्रको गरिमा बढाएको उनले बताए । विदेश पलायन भन्दा स्वदेशमा नै पहिचान दिने गरि सम्भावना धेरै रहेको भन्दै आफ्नै भुमीमा महेनत गर्न सुझाव दिए ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विधार्थीहरुको लागी महत्वपुर्ण खुड्किलाका रुपमा समय भएको बताए । अभिभावकहरुको सपना र आफ्नो चाहनालाई आत्मसात गरेर अघि बढ्ने उपयुक्त समयलाई सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा हिसान रुपन्देहीका निवर्तमान अध्यक्ष दिनेश भुषालले युवाहरु आजको गतिशिल समयलाई बुझेर लाग्न आग्रह गरे । प्रविधिको विकास र मानवतालाई जोडेर अघि बढ्नु हरेक शैक्षिक संस्थाहरुको दायित्व भएको उनले बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले स्वदेशमा नै भविष्य खोज्ने गरि लाग्नु विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले ज्ञान, अनुसासन र मानवतालाई मुख्य नारा सहित स्थापना भएको विद्यालय आफनो लक्ष्यमा सफल रहेको बताए ।
कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्म विद्यालयमा अध्ययन गरेर अमेरिकाको विश्वविद्यालयमा पुर्ण छात्रवृत्तिसहित अवार्ड पाएका विद्यार्थी आयुष भुषालले आफनो शैक्षिक यात्रा र स्कलर्स होमको योगदान बारे प्रकाश पारे । विदेश जाने भए अध्ययन कै लागि योजना बनाउन उनले आग्रह गर्दै घुम्न र कमाउने सोच बनाएर अध्ययन भिषामा नजान उनले सुझाव दिए । रिसर्च कार्यमा लाग्न र अतिरिक्त अध्ययनमा समेत ध्यान दिनुपर्ने उनले बताए । कक्षा १२ का विधार्थी राजन केसीले अध्ययनको दुई वर्षमा धेरै शैक्षिकका साथै ब्यवहारिक ज्ञानहरु सिक्न सफल भएको बताए ।
यसैबिच बुटवलमा सम्पन्न मेयर कप फुटबल प्रतियोगितामा विजेता विद्यालयका खेलाडीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रशासन प्रमुख राजु भण्डारीले बताए ।