Butwal Today

प्रकाश तिमी नपढेर हरायौ ।

५ आश्विन २०८१, शनिबार
अ+
अ-

म धेरै पढेर हराय ।।
तिमी आफन्तको साथ नपाएर हरायौ ।

म धेरैको साथ पाउँदा पाउँदै हराए ।।
तिमी बाटो बिर्सिएर हरायौ ।

म बाटो थाहा पाउँदा पाउँदै त्यही बाटो बाटै हराय ।।
तिमी धनको खोजिमा हरायौ ।

म जागिरको जञ्जिरमै हराए ।।
तिमी हिमाली एक गोर्खा जिल्लामा हरायौ ।

म हिमाल, पहाड, तराई ७७ जिल्लाबाटै हराए ।।
प्रकाश तिमीलाई त कसैले खोज्यो, देख्यो र भेट्टायो ।

मलाई त सबैले खोज्छ, देख्छ नजिक पर्छ तर भेट्टाउदैन ।।
चिन्ता नगर तिमी अन्जानमै हरायौ र पो भेटियौ ।

म त जानिजानि हराए, अनि अन्जान भए ।।
प्रकाश तिमी ३ करोड नेपालिको मनमा छौ अब हराउँदैनौ।

म पनि ३ करोडमै हराएको छु र पनि भेटिदैन ।।
तिमीलाई देखेर संसार रोएको छ ।

तर म संसारले देख्ला कि भनेर एक्लै रोएको छु ।।
तिमी बाध्यताले हरायौ म सहरमा रहरले ।

तिमी अव हराउँदैनौ, म हराएको छैन र पनि भेटिदैन ।।
प्रकाश तिमी धन्य रहेछौ ।

त्यसैले तिमी प्रका होइनौ किरण हौ ।।
रोसनी हौ नयाँ युगको सुरुवाती हौ ।

अन्त्यमा, तिमीलाई हेर्ने कथाले भेटायो ।
मलाइ आफ्नै कथाले हराइदियो ।।