ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

बुटवल, ०६ असोज ।

मैथिल समाज नेपाल रूपन्देहीले शनिबार सामूहिक रूपमा जीतिया पर्व मनाएको छ । जीतिया पर्व मैथिल समाजका लागि एक महŒवपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जीतिया पावैन मिलन समारोह २०८१ को तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्दै नेपालको मिथिला क्षेत्रमा यो पर्वले ठूलो सांस्कृतिक महत्व राख्ने बताईन । सम्पूर्ण समाजलाई सन्तानप्रतिको मातृस्नेह र धार्मिक आस्थाको बलियो रूपमा जोड्ने काम यो पर्वबाट गरेको उनले बताए ।

कार्यक्रममा मैथिल समाज नेपाल रूपन्देहीका अध्यक्ष उदय कुमार सिहले सन्तानको दीर्घायु, सुख, समृद्धि र कल्याणको लागि यो पर्व मनाईने बताए । घरमा आमाहरू व्रत बस्ने र आफ्नो सन्तानको राम्रो स्वास्थ्य तथा जीवनको कामना गर्ने उनले बताए । पर्वबारे प्रकाश पार्दै उनले जीउतवाहन भगवान (गरुडका रूप) को पूजा गरिन्छ । गरुडले आफ्नो भक्तलाई विपत्तिबाट रक्षा गर्ने विश्वास छ, र यसै कारणले गर्दा यो पर्वलाई “जीतिया“ भनिएको उनले बताए । सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्छन् । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्छ, उनले भने । व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन् । व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र सांस्कृतिक महत्वलाई अझ बढी प्रकट गर्छ । रूपन्देहीमा छरिएर रहेका मैथिल समुदायलाई संस्थागत गरि १८ वर्ष स्थापना गरेर भाषा संस्कृति र सामाजिक कार्य गर्दै आएको उनले बताए । कार्यक्रममा भैरहवा मैथिल समाजका अध्यक्ष अमरकान्त झाले सबै जातजातीहरूको समाजको महŒव रहेको भन्दै जीतिया पर्वको महत्वलाई प्रकाश पारे ।

कार्यक्रममा भैरहवा भिम अस्पतालका मेसु डा.शकुन्तला गुप्ता, समाजका उपाध्यक्ष रिता कुमारी शाहले नेपाल सबै धर्म, संस्कृतिमा धनि देश भएको भन्दै समुदायबाट उदाहरणीय काम भएको बताए । कार्यक्रममा नेपाल तराई विदार्थी ग्रुपबाट मैथिल नृत्य, गायन समेत प्रस्तुत गरिएको समाजका सल्लाहकार हरिनारायण मिश्रले बताए । हाल रूपन्देहीमा विभिन्न पेशा ब्यवसायमा आवद्घ मैथिल समुदायका ५ सय घरघुरीहरू समाजमा आवद्घ छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?