© २०२३
सुनवल, ५ असोज ।
पश्चिम नवलपरासीको रामग्राममा आज दिउँसो माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नम्बर ४ चन्द्रगढीमा रहेको पोखरीमा माछा मार्न गएका रामग्राम ७ उजैनीका ६० वर्षिय रविन्द्र पासीको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल, २६ नम्बर हेडक्वाटरका डिएसपी यज्ञमान साउदले जानकारी दिए ।
दिउँसो साढे एक बजेतिर पोखरीमा डुबेका पासीको शव तीन बजेपछि सशस्त्र प्रहरीको उद्धार टोलीले निकालेको थियो । पोखरीमा डुबेको अवस्थामा भएकाले अन्य व्यक्ति जान नसकेपछि सशस्त्र प्रहरीको तालिम प्राप्त उद्धार टोलीले शव निकालेको साउदले जानकारी दिए ।