ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

रोटरी बुटवलको समिक्षा सभा सम्पन्न

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

बुटवल, २६ भदौ । बुटवलको पुरानामध्येको एक रोटरी क्लब अफ बुटवलले १५३२ औ नियमित बैठक तथा तेस्रो क्लब एसेम्बली सम्पन्न गरेको छ । क्लबबाट भएका कार्यप्रगतिको समिक्षासंगै नया योजनाहरु बनाउने गरि क्लबका फाईभ स्ट्याडिङ कमिटिले रोटरी डिष्ट्रिक ३२९२ जोन २४ का एजी खिमानन्द पाण्डेलाई आआफनो कमिटिको प्रगति र कार्ययोजना प्रस्तुत गरे ।

कार्यक्रममा क्लब एडमिन कमिटी बारेमा प्रेसिडेन्ड नोमिनी मधु प्रसाद अर्यालले आफ्नो प्रस्तुतिमा क्लबको प्रशासनिक कार्यहरू, क्लबको संगठनात्मक संरचना, नियमित बैठकहरूको व्यवस्थापन तथा क्लबको आन्तरिक समन्वयको बारेमा जानकारी गराएका थिए । उनले क्लबलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक रणनीति र सुधारका उपायहरूबारे चर्चा गरे ।

यसैगरि क्लब मेम्बर कमिटीका सदस्य गोपाल अधिकारीले आफ्नो प्रस्तुतिमा क्लब सदस्यहरूको संख्यामा वृद्धि, सदस्यहरूको सक्रियता तथा सहभागिता बढाउने योजना र नयाँ सदस्यहरूको स्वागत तथा समायोजनका प्रक्रियाहरूको बारेमा जानकारी गराए । क्लबका सदस्यहरूको पेशागत तथा व्यक्तिगत विकासमा सहयोग पुग्ने गरि विभिन्न प्रशिक्षण तथा क्षमता विकास कार्यक्रमहरू गर्ने, सदस्यहरू बीचको आपसी समन्वयलाई अझ सुदृढ बनाउनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्ने प्रस्ताव पनि राखे ।

यसैगरि सर्भिस प्रोजेक्ट कमिटीका चेयर बसन्त थापा चर्तीले क्लबद्वारा संचालित सामाजिक सेवाका परियोजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, तथा समुदाय विकासजस्ता क्षेत्रमा सञ्चालन भएका परियोजनाहरूको सफलताबारे जानकारी गराए । आगामी दिनमा समाजमा अझ ठूला र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू संचालन गर्ने योजना सार्वजनिक गरे । जसमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति, स्वच्छता अभियान, स्वास्थ्य शिविरहरू र पर्यावरणीय संरक्षणका गतिविधिहरू विशेष प्राथमिकतामा रहने कुरा उल्लेख गरे ।

यसैगरि क्लब पब्लिक इमेज कमिटीका चेयर खिम नारायण पराजुलीले क्लबको छवि र प्रतिष्ठा निर्माणका लागि भएका प्रयासहरूको बारेमा जानकारी गराए । उनले क्लबका गतिविधिहरूलाई सार्वजनिक र प्रभावकारी ढंगबाट प्रस्तुत गर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा क्लबको सहभागिता बढाउने योजनाहरू बताए ।

यसैगरि द रोटरी फाउण्डेसन कमिटी पूर्वअध्यक्ष डा. मनोहर जोशीले रोटरी फाउण्डेशनसँग सम्बन्धित विभिन्न परियोजना, अनुदान कार्यक्रम र क्लबका सदस्यहरूको योगदानको बारेमा जानकारी गराए । उनले फाउण्डेशनको अनुदानमार्फत गरिएका परियोजनाहरूको प्रगति, आर्थिक व्यवस्थापन र समुदायमा भएको सकारात्मक प्रभावबारे बताए । फाउण्डेशनको सहायता पाउनका लागि आवश्यक प्रक्रिया, सदस्यहरूको योगदानका महत्व र आगामी परियोजनाहरूका लागि फाउण्डेशनको भूमिका बारे उनले जानकारी दिए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२, जोन २४ का सहायक गभर्नर (एजी) खिमानन्द पाण्डेले क्लबको प्रगति, सेवामूलक कार्यहरू र सदस्यहरूको सक्रियतालाई प्रशंसा गरे । क्लबलाई अझ बढी प्रभावकारी ढंगले सञ्चालन गर्न, नयाँ परियोजनाहरूको सुरुआत गर्न र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहकार्यको महत्वमा उनले जोड दिए । उनले रोटरी क्लबहरू बीचको समन्वय र आदानप्रदानलाई बढावा दिँदै क्लबलाई अझ उच्च स्थानमा पु¥याउन सबैलाई उत्साहित गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले क्लबका विभिन्न कमिटीहरूको प्रस्तुतिबाट क्लबको विकास र सेवामूलक कार्यहरूमा उल्लेखनीय प्रगति भएको बताए । उनले क्लबका सबै सदस्यहरूलाई सक्रिय भूमिका निभाउन प्रेरित गर्दै आगामी दिनमा पनि एकताबद्ध भएर क्लबका उद्देश्यहरू पुरा गर्न योगदान दिन आग्रह गरे । क्लबको सुदृढीकरण, सदस्यहरूको सहभागिता र समाजमा थप प्रभावकारी सेवामूलक कार्यहरू सञ्चालन गर्नका लागि दीर्घकालीन योजना र दृष्टिकोणका बारेमा चर्चा गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष बोनिन पिया, हरि प्रसाद पौडेल, प्रेसिडेन्ट इलेक्ट कृष्ण पराजुलीले रोटरी बुटवलबाट समाजमा उत्कृष्ट कामहरु गर्न सफल भएको भन्दै कार्यक्रमलाई थप नयापन दिने गरि लैजान सुझावहरु दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission