© २०२३
नवलपरासी, ०५ असोज ।
जिल्लाको सुुनवल नगरपालिका–२ मुखियाटोलमा सहकारी शीतभण्डार निर्माण भएर सञ्चालन गरिए पनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा दैनिक खर्च उठाउन आईस (बरफ) बिक्री गरि चलाउन परको छ । शीतभण्डार सञ्चालनमा ल्याउँदा किसानहरूले राहत महसुुस गरेको तर शीतभण्डारमा राख्ने मालबस्तु नहुँदा पुरै क्षमता सञ्चालन र दैनिक खर्च चलाउन चुनौती नै रहेको सहकारी संघले जनाएको हो ।
सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आएपछि स्थानीय किसानहरूले महसुुस गरे छन, सोही वडाका वडाध्यक्ष राजेन्द्र यादवले भने, तर पुरा क्षमतामा शीतभण्डार सञ्चालनमा आएको छैन् । शीतभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण नहुनु र किसानमा अहिले पनि शीत भण्डारणबारे ब्यापक प्रचार प्रसार नहुनु, किसानलाई शीतभण्डारको फाईदाबारे जानकारी नहुनाले पनि शीतभण्डारमा सामग्री पुरा राखिएको छैन । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु. १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । शीतभण्डारसम्म पुग्नका लागि सुनवल महेशपुर सडकबाट पहुँच मार्गका लागि सिमाँकन भई सकेका छन्, उनले थपे, सडकको दुबै छेउमा नाली समेत निर्माण भई बाटोको स्तरोन्नती भएको छ, तर पिच हुन बाँकी नै रहेका कारण पहुँच मार्गमा केही समस्या छ । नगरपालिकाले छिटै ति पहुँच मार्ग निर्माणका लागि पहल गरिरहेको उनको भनाइ थियो ।
पाँच वटा चेम्बर मध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए । अहिले पुर्ण क्षमतामा भण्डारण भएको छैन्, उनले भने, भण्डारणका लागि आवश्यक बस्तु आएको छैन् । पुरा क्षमतामा भण्डारण नहुदा खर्च लागत खर्च र सञ्चालन खर्च उठाउन चुनौती नै रहेको छ । शीतभण्डार सञ्चालनमा आउनु यस क्षेत्रका लागि स्वर्मिम अवसर हो, तर पुरा क्षमता अनुसार भण्डारण नहुदा सञ्चालन खर्च उठाउन चुनौती पनि छ ।
शीतभण्डार परिसर भित्रै आईस (बरफ) बनाउने प्लान्ट पनि सञ्चालनमा ल्याएको छ, सो प्लान्ट बनाई सञ्चालन गर्नुको उद्देश्य पनि शीतभण्डारका लागि आवश्यक सहायक उपकरण जस्तै हो । शीतभण्डारमा राखिने बस्तु झिकेर लैजादा कुनै बस्तुमा आईस (बरफ) को समेत आवश्यकता पर्ने हुदा सो प्लान्ट शीतभण्डारसँगै सञ्चालनमा ल्याएको छ । बाटो ढुवानी गदौ बरफमा राखेर शुरक्षित तरिकाले सामग्री लैजानका लागि सो आईस बनाइने गरिएको छ । तर बाहिरका ब्यतिmहरू समेत सो बरफ लैजाने गरेको उनको भनाई थियो । दैनिक चार-पाँच दर्जन सिल्ली आईस बिक्रि हुने गरेको छ, उनले भने, त्यसले शीतभण्डारका लागि आवश्यक दैनिक खर्च चलाउनमा सहयोगी बनेको छ ।
उनका अनुसार जिल्ला सहकारी संघ लिमिटेडको सहकारी शीतभण्डार मुलुक मै धेरै क्षमताको शीत भण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने व्यवस्थापक पटेलले बताए । पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानु पर्ने बाध्यता थियो । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रूपन्देही र कपिलवस्तु सम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो । लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो क्षमताको शीतभण्डार भएको संघको दाबी रहेको छ ।
यो शीतभण्डारको आवश्यकता पुरा गर्नका लागि महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन तत्कालै सञ्चालनमा ल्याउनु पर्ने देखिएको छ । प्लान्ट क्वारेन्टाईन सञ्चालनमा आए भन्सार छुटाएर आएका तरकारी,कृषिजन्य समाग्रिहरू भण्डारका लागि शीतभण्डारमा राखिन्छ र आवश्यकता अनुसार झिकेर देश विदेश पठाउने कार्य हुन्छ । तर महेशपुर भन्सार लक्षित गरि निर्माण भएको सो शीतभण्डार निर्माण भई सञ्चालनमा आयो तर महेशपुर भन्सार मुल नाकाको रूपमा सञ्चालनमा आए पनि हालसम्म प्लान्ट क्वारेन्टाईन स्थापना हुन सकेको छैन् । पशु क्वारेन्टाईन सञ्चालनमा रहे पनि माछा,मासु जस्ता पशुजन्य समाग्रि भण्डारणका लागि शीतभण्डारमा छुट्टै च्याम्बर र ढोका ब्यवस्थापन गरिएको छैन् ।