Butwal Today

क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान 

६ मंसिर २०८१, बिहीबार
अ+
अ-
बुटवल, ६ मंसिर
क्षितिज इन्टरनेसनल कलेजमा क्षितिज स्टुडेन्ट वेलफेयर काउन्सिल र रोट्र्याक्ट क्लब अफ क्षितिज ईन्टरनेशनल कलेजको संयुक्त आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको सहयोगमा रक्तदान कार्यक्रम गरेको भएको छ।
कार्यक्रममा ९० पिन्ट रक्त संकलन गरिएको  कलेजकन संयाेजक निरज प्रसाद लाकाैलले जानकारी दिए ।  बुधबार सम्पन्न कार्यक्रममा  किरण अघिकारी, अध्यक्ष – स्टुडेन्ट काउन्सिल, दिक्षा खनाल, अध्यक्ष – रोट्राक्ट क्लब अफ क्षितिज ईन्टरनेशनल कलेज, कृष्ण चौहान, अध्यक्ष – नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही   लगायतको सहभागीता रहेकाे थियाे  ।
कलेजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तगतका कार्यक्रम गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?