© २०२३
मंसीर ५, बुटवल । एम्स कलेज बुटवलले आफ्ना विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षामा जोड्ने गरि विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा मंगलबार कलेजले समग्र शैक्षिक उन्नोयन, बृत्ति बिकाश र अर्थ उपार्जनका लागि डिजिटल रुपान्तरण विषयक सेमीनार सम्पन्न गरेको हो । सेमीनारमा प्रशिक्षक आईडिया फ्यूजनका कार्यकारी निर्देशक एवं इड्राईभका अध्यक्ष राजकुमार गुप्ताले विद्यार्थीहरुलाई डिजिटल बजारीकरण, त्यसको उपयोग र प्रभावको बारेमा अभिमुखीकरण गरेका थिए ।
कृतिम बौद्धिकताको प्रयोग, फेसबुक, हवाट्स एप, इन्सटाग्राम जस्ता सामाजिक संजालबाट सिर्जनशिल कार्यहरु गरि अर्थ आर्जनका साथै वृत्तिविकाश गर्न सहभागीहरुलाई उत्प्रेरित समेत गरे । सामाजिक संजालको उचित र व्यापक उपयोग गर्दै ज्ञानको भण्डार बढाउन र अर्थ आर्जनको साधन बनाउन सिर्जनशिल कामका लागी ब्यवसायिक ट्रोल, मिडीया, रिल आदि बनाउन सिकाईने क्याम्पस प्रमुख दीपक ढकालले बताए ।
सेमिनारमा प्राध्यापक गोविन्द शर्मा बस्याल, स्कलर्स होम स्कुलका सहप्राचार्य टीकाराम गौतम, प्लस टु संयोजक चेत नारायण पन्थी, स्टेरलाइङ्ग इन्टरनेशलन स्कुलका प्रमुख धिरेन राकस, सुरज शाक्यले प्रविधि र युवा सोचका बिषयमा जानकारी दिएका थिए । कार्यक्रममा ६५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी