© २०२३
बुटवल, ५ मंसिर । समुदायमा मुख रोग नियन्त्रण र मुख क्यान्सरबारे सचेतना जगाउने आधुनिक समाज डेन्टल केयरको अभियानमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन रुपन्देहीमा आवद्ध ब्यवसायीहरुले एकवद्धता जनाएका छन । ब्यवसायीहरुको मुख स्वस्थ्य र मुख क्यान्सरबारे सचेतना जगाउने गरि आधुनिक समाज डेन्टल केयर प्रालिसंग सहकार्य सम्झौता सम्पन्न भएको छ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे र आधुनिक समाज डेन्टल केयरका योजना प्रमुख माधव सापकोटाबिच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार एसोसिएसनमा आवद्ध सम्पूर्ण पेट्रोलियमका पदाधिकारी, कर्मचारी, र उनीहरूका परिवारलाई आधुनिक समाज डेन्टल केयरले समयसमयमा निःशुल्क मुख स्वास्थ्य परीक्षण उपलब्ध गराउने तथा आवश्यक उपचारमा ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने भएको केयरका योजना प्रमुख माधव सापकोटाले बताए । “मुख क्यान्सरबाट बचौं र बचाऔं“ भन्ने सन्देश प्रवर्द्धन गर्न पेट्रोलियम पम्पहरूको उपयुक्त स्थानमा सन्देशमूलक स्टिकरहरू टाँसिने उनले बताए ।
मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित स्वास्थ्य जाँचको कमीका कारण मुख क्यान्सर र अन्य मुख रोगहरू बढिरहेको तथ्यांकमा देखिएको उनले बताए । यो समस्या न्यूनीकरण गर्ने अभियानमा केयर निरन्तर संस्थागत रुपमा सहकार्य अघि बढाएको उनले बताए । ‘सामाजिक जागरण र स्वास्थ्य प्रवर्द्धनमा विशेष पहल गरेका छौ ।’— उनले भने ।
आधुनिक समाज डेन्टल केयरले विद्यालय स्तरमा स्वास्थ्य शिक्षा, समुदायस्तरीय सचेतना कार्यक्रम र स्वास्थ्य शिविरहरुका साथै ६१ सरकारी कार्यालय, बैंक, टोल विकास संस्था र व्यवसायिक संघसंस्थासँग सम्झौता गरेको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी