© २०२३
देवदह, ६ मंसिर ।
रुपन्देहीको देवदहमा सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाहरुको जानकारी कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रम बिच जिल्ला समन्वय समिति रुपन्देही र देवदह नगरपालिकालाई परियोजनाबारे जानाकारी गराइएको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले सोइयाले संचालन गरेका कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको बताउँदै सबैको सहमति र सहकार्य भएमा कार्यक्रम अझ प्रभावकारी हुने बताइन् । साथै उनले समाजको पिछडिएका वर्गलाइ सोइयाको हरेक गतिविधिले राम्रो प्रभाव पारेको बताइन् ।
कार्यक्रममा गल्स फस्ट फन्ड, सस्टेनेवल नेटवर्क एण्ड एड्भोकेसी क्वालिटी एजुकेसन, एनगेजिङ प्यारेन्ट्स फर द इम्प्रुभमेन्ट अफ एजुकेसन इन देवदह म्युनिसिप्यालिटी अन्डर द कम्युनिटी एनगेजमेन्ट इन लर्निङ च्यालेन्ज फन्ड, एड्भोकेसी लेन्ड राइट्स् एण्ड लाइभ्लिहुड फर ल्यान्ड्लेस वोमेन इन देवदह म्युनिसिप्यालिटी लगायतका परियोजनाहरुको बारेमा सरोकारवाला निकायका प्रमुख एंव जनप्रतिनिधिहरुलाइ जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाइ, देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले बोल्दै सामाजिक परिवर्तनको क्षेत्रमा सोइया महिला स्वावलम्वी संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताएका थिए । संस्थाका अध्यक्ष केशमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।