ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

विश्व जोड्ने टेलिभिजनको चिन्ता

६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

आज विश्व टेलिभिजन दिवस । विश्वलाई चित्रका माध्यमबाट जोड्ने एकमात्र भरपर्दो र विश्वासिलो आधार टेलिभिजन हो । टेली भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीलाई जनाउँछ । अर्थात विश्वको एक कुनामा भएको घटना यही टेलिभिजनमार्फत विश्वको अर्को कुनामा बसेर सचित्र हेर्न सकिन्छ । विश्वमा टेलिभिजनले ल्याएको सञ्चार क्रान्तिको जति नै प्रशंसा गरेपनि त्यो कम नै हुन्छ । टेलिभिजन आएपछि मात्रै हो संसारमा चित्रका माध्यमबाट अरू आविष्कार भएको छ । टेलिभिजनकै आविष्कारको सहयोगबाट मोबाइलको विकास भयो । यदि टेलिभिजनको विकास नभएको भए मोबाइल आजको रूपमा आउन अझै बर्षौं लाग्न सक्थ्यो । टेलिभिजनभन्दा अघि कानबाट सुनिने टेलिफोन, टेलिग्राफको विकास भयो । यसरी एउटा आविष्कारले अर्को आविष्कारलाई जन्माउन मद्दत गरेको छ । आजको दुनियाँमा टेलिभिजनको जति महत्व अरू कुनै माध्यमको छैन् । मोबाइल टेलिभिजनकै विकसित रूप हो । विश्वमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । अब सूचना साम्राज्यको बढ्दो विकासले टेलिभिजनलाई पनि ओझेलमा पार्ने अवस्था आईसकेको छ । हात हातमा उपलब्ध मोबाइलले पनि विश्वलाई चित्रकै माध्यमबाट जोडिसकेको छ । पछिल्लोसमय टेलिभिजनभन्दा मोबाईल अझै प्रभावकारी देखिएको छ । जतिखेर भन्यो त्यतिखेर हेर्न, बोल्न र आफ्ना भावना ब्यक्त गर्न सकिने भएकोले टेलिभिजनभन्दा मोबाइलको प्रयोग बढेको छ तर जति नै प्रयोग बढेपनि टेलिभिजनको मूल्य मोबाईलले भेट्न सक्दैन । विश्वमा हुने ठूलो ठूलो घटना, विश्व खेल, रियालिटी शो तथा चलचित्र हेर्न टेलिभिजनको जति महत्व छ, मोबाइलको छैन । मोबाईलले हतपतमा गाँठो फुकाउने काम मात्रै गर्छ । टेलिभिजनले सविस्तार घटनाक्रम हेर्न सुविधा पु¥याउँछ । विश्वमा अहिलेपनि टेलिभिजनको युग समाप्त भएको छैन् । बरु टेलिभिजनको प्रभावकारीता बढ्दै गएको अनुभूति भैरहेको छ । नेपालकै कुरा गर्दा राणाहरूले आफ्नो दरबारमा सजाउनकै लागि बेलायतबाट टेलिभिजन ल्याएको इतिहासमा उल्लेख छ । नेपालमा विक्रमसम्बत २०४२ सालमा पहिलोपटक नेपाल टेलिभिजन सुरु भएपछि टेलिभिजनको लोकप्रियता बृद्धि भएको हो । एक समय यस्तो थियो– टेलिभिजन हेर्नकै लागि के गाउँ अनि के शहर दर्शकको लाईन लाग्थ्यो । गाउँघरमा मानिसहरू घण्टौं हिँडेर टेलिभिजन हेर्न जान्थे । टेलिभिजनमा आउने धाराबाहिक श्रृंखलाले हरेकको घरमा टेलिभिजनले रौनक बढाएको थियो । अझै भारतीय टेली सिरियलले महिला दिदी बहिनीहरूलाई चुलो बाल्ने फुर्सदसमेत दिएको थिएन । बिडम्बना धाराबाहिक टेली सिरियल अहिले लोप हुने अवस्थामा पुगको छ । टेलिभिजनको युगलाई मोबाइलले विस्थापित गर्ने चिन्ता बढेको छ । समग्रमा भन्दा टेलिभिजन हेर्नेको संख्यामा भारी कटौती भएको छ तरपनि टेलिभिजनको महत्वमा भने कमी आएको छैन भन्दा अत्युक्ति हुँदैन् ।

विश्व टेलिभिजन दिवस मनाउँदै गर्दा टेलिभिजनको प्रभावकारीतामा कमी नआएपनि दर्शकको संख्यामा भने भारी कमी आएको सत्य हो । विश्वका विभिन्न देशमा भइरहेका राजनीतिक गतिविधि, राजनीतिक परिवर्तन, शान्ति यात्रा, सुरक्षा लगायतका विषयले समाजको सुरक्षामा पार्न सक्ने प्रभावको बिषयको प्रस्तुती टेलिभिजनबाट हेर्न र सुन्न पाउनु खुसीको कुरा हो । त्यही भएर टेलिभिजन विश्व सञ्चारको एउटा सशक्त माध्यम बनेको मात्र छैन, हाम्रा विचार र निर्णयलाई प्रभाव पार्ने मात्र होइन, हामीलाई सूचित गर्न, मनोरञ्जनका लागि र कुनैपनि निर्णय लिन सहयोग गरिरहेको बिर्सन सकिदैन् । अव टिभीमात्र होइन पछिल्लो समय आमसञ्चार वा सूचनाका लागि पोडकास्टको प्रयोग बढ्न थालेको छ । मोबाइलमा होस् या अन्य कुनै डिभाइसमा पोडकास्टको प्रयोग बढ्दै गएको छ । टेलिभिजनको स्वरूप पोडकास्टमा परिवर्तन हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । पछिल्लोसमय नेपालमा अनलाइन टिभीको अभ्यास सुरु भइसकेको छ । टिकटक, रिल, इन्स्टाग्राम जस्ता अनगिन्ती डिभाईसहरू प्रयोगमा आउन थालेका छन् । त्यसले टेलिभिजनको क्रेज घटाएको छ । यो सवै सूचना प्रविधिको नयाँ नयाँ प्रविधि र विकासले संभव भएको हो भन्दा अत्युक्ति हुँदैन । यो सवैको एउटै श्रोत टेलिभिजन हो । सवैको गुरु टेलिभिजन हो । विश्व टेलिभिजन दिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission