ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘असार होइन, जेठभित्रै काम सक्छौं’

६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

दाङ, ६ मंसिर ।

लुम्बिनी प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक बर्षमा विनियोजन भएका योजना कार्यान्वयनलाई तिब्रता दिएको छ ।

चालु आर्थिक बर्षमा विनियोजन भएका सबै आयोजनाको काम जेठ महिना भित्र सम्पन्न गर्नेगरी कार्यसम्पादनको काम अघि बढेको हो । असारे विकासलाई निरुत्साहित गर्न जेठ महिना भित्र सबै निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताएका छन् ।

मन्त्रालयमा चौमासिक समिक्षा कार्यक्रमको आयोजना गर्दै मन्त्री ढकालले योजना कार्यान्वयनलाई तिब्रता दिन निर्देशन दिए । ‘असारे विकासको प्रवृत्ति रोक्नका लागि यसपालि कडाईकासाथ कार्यसम्पादनको कामलाई अघि बढाइएको छ’ मन्त्री ढकालले भने, ‘कार्ययोजना निर्माण गरेर कामलाई गति दिइएको छ भने गुणस्तरीयताको बारेमा आयोजनाको अनुगमनलाई पनि तिब्र पारेका छौं ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने चालु आर्थिक बर्षमा दुई हजार एक सय २० योजना छन् । जस मध्य बहुबर्षीय आयोजनाको रुपमा ८४ वटा आयोजना प्रस्तावित छन् । यो चार महिनाको अवधिमा ३८ वटा आयोजना सम्पन्न भइसकेका छन् भने कार्यान्वयनको चरणमा सात सय ७९ वटा आयोजना रहेको मन्त्रालयलका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । ‘यो चार महिनाको अवधिमा योजनाहरु ठेक्का लगाउन चाहिने कार्यविधिहरु निर्माण ग¥यौं । ठेक्का पनि लगायौं । कार्यान्वयनको गति बढेको छ’सचिव पाण्डेले भन्नुभयो,‘सबै हिसावले कार्यसम्पादनलाइ उत्कृष्ट बनाउनेगरी काम अघि बढेको छ ।’

नौं सय २ आयोजना खरिद पक्रियामा रहेका छन् । जम्मा आयोजना मध्ये दुई सय ८९ वटा आयोजना अव कार्यान्वयनमा लैजाने अन्तिम तयारी छ । कार्यान्वयनको चरणमा रहेका आयोजना मध्ये महिनाको अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । दश किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । ६ किलोमिटर सडक नयाँ ट्याक खोलिएको छ । २४ किलोमिटर सडक विस्तार गरिएको छ । ६ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

ढलान गरेको चार सय मिटर पक्की सडक निर्माण भएको छ । कल्भर्ट तथा साना पुल पुलेसा ३० वटा सम्पन्न भएको वार्षिक समिक्षामा उल्लेख गरिएको छ । पक्की नाला १३ किलोमिटर निर्माण गरिएको छ । एक हजार नौं सय घनमिटर तारजाली सहितको टेवा पर्खाल निर्माण गरिएको छ । पक्की मेसिनरी टेवा पर्खाल दुई हजार चार सय घन मिटर निर्माण गरिएको छ । यो अवधिमा ८ वटा सडक पुल र दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । मन्त्रालयले चार महिनाको अवधिमा पुँजीगत खर्च ६ दशमलव ८ प्रतिशत पु¥याएको जनाएको छ । अव पुँजीगत खर्चको दर ह्वात्तै बढ्ने मन्त्रालयको भनाइ छ ।

प्रादेशिक सडक गुरुयोजना अन्तिम चरणमा

लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ । अव मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लग्न बाँकी रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको मन्त्री ढकालको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?