© २०२३
नवलपुर, ५ मंसिर ।
पूर्वी नवलपरासीको नारायणी नदीसँग जोडिएका निकुुन्ज आसपासका ठाउँमा गैंडाले किसानले लगाएको बालीनाली खान थालेपछि स्थानीय त्रसित भएका छन । जाडो बढेसँगै गैंडा बस्तीतिर पस्न लागेको स्थानीयले बताएका छन् ।
केही दिन देखि चितवन राष्टिय निकुुन्जबाट निस्केका गैडाले बिनयीत्रिवेणी गाउँपालिका, गैंडाकोट, देवचुुली, कावासोती र मध्यबिन्दुु नगरपालिकाका धेरै क्षेत्रमा मकै बाली, गहुँबाली, तोरी लगायतका अन्नबालीमा पसेर बाली खानेदेखि सबै भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको गैंडाकोट नगरपालिका वडा नम्बर ७ का ईश्वरी चापागाईंले बताए ।
गैंडा जाडो याममा निकुुन्जबाट बाहिर निस्कने र बाहिर निस्कँदा घाम ताप्न पनि हुने र किसानले हिउँदे बाली लगाउने मौसम भएकाले पनि गैंडा यतिबेला गाउँ पस्ने गरेको र समयमा बाली र मानिसको ज्यान समेत खतरामा पर्ने भएकाले सतर्कता अपनाउनुु पर्ने पिठौली मध्यवर्ती सामुुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले बताए ।
अहिले गैंडा जाडोको समयमा निकुुन्ज आसपासका बस्तीहरुमा पस्न थालेको छ र गैंडाले अन्न बालीमा क्षति पुुर्याउन थालेको र यस क्रममा केही दिनयता गैंडाको आक्रमणमा परी घाइते भएका छन् भने किसानको बाली समेत खाएर, सुुतेर सखाप पारेको देवचुलीका वसन्त पोख्रेलले बताए ।
गैंडाबाट बच्न सबैले घरबाटै एकबिहानै निस्कन नहुने र ज्यादै सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुुन्ज पश्चिम सेक्टर अमलटारीले अनुुरोध समेत गरेको छ ।
गैंडाले विशेष गरेर मकै खेतीमा नराम्ररी क्षति पुुर्याएको छ भने तोरी, फापर, गहुुँबालीमा समेत ठुुलो मात्रामा क्षति पुुर्याएको रजहरका स्थानीयले गुुनासो गरका छन् । गैंडाकोटका प्रकाश भुुषालले गैंडाकोट नगरपालिकाको वडा नँ ६ मा करीब १८ बिगहा क्षेत्रफलामा किसानले लगाएको मकै बाली गैंडाले नष्ट पारेको बताए ।
गैंडालाई लखेट्न चार वर्ष अघि गेंैडाकोटमै किसानले विद्युुतीय धराप थाप्दा गैंडाको ज्यान नै गएको थियो जसका कारण गैंडा मुुद्दामा जेल जीबन बिताउन यहाँका किसान बाध्य भएका थिए तर अहिले भने किसान गैंडा पसेपछि टुुलुुटुुलुु हेर्ने, घरभित्र पसेर बस्नुु बाहेक अर्को विकल्प नरहेको कावासोती नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष शारदा प्रसाद अधिकारीले बताए ।
चितवन राष्ट्रिय निकुुन्ज पश्चिम सेक्टर अमलटारीले निकुुन्ज आसपासका स्थानीयलाई सचेतना अपनाउन आग्रह गर्दै सचेतना अभियान शुुरु गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी