ट्रेंडिंग:

>> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

नवलपरासी, ०५ असोज ।
जिल्लामा स्थापना हुन लागेको भौतिक पूर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरू सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नवलपरासीमा स्थापना गर्न लागेको भौतिक पूर्वाधार विकास कार्यालय वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरू लागेको कार्यप्रति जिल्ला समन्वय समिति (जिसस)को ध्यानाकर्षण गराएको हो ।

जिल्ला सदरमुकाम परासीमै उक्त कार्यालय राख्नका लागि आवश्यक पहल गर्न समेत नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिससका प्रमुख भगौती प्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । जिल्ला स्थित सबै सरोकारवाला कार्यालय सदरमुकाम परासीमा राखिएका छन्, उनले भने,अहिले प्रदेश सरकारले स्थापना गर्न लागेको नयाँ कार्यालय सदरमुकाममा नराखी बाहिर लैजाने कार्यशैली ठिक होईन् । एक कार्यालयको सम्बन्ध आर्को कार्यालयसँग पनि जोडिएको हुन्छ, उनले भने, यदि सबै कार्यालय सदरमुकाम राखिने र एउटा कार्यालय सदरमुकाम बारिह राखिने हो,भन्ने सेवाग्राहीलाई सेवा लिनमा समस्या हुन जान्छ,यसले सेवाग्राहीलाई मर्का पार्न सक्छ । यसका लािग जिल्ला समन्वय समितिले सम्बन्धित मन्त्रालय र कार्यालयसँग समन्वय गर्न आवश्यक रहेको औल्याएका थिए । जिल्ला भरि कार्यालय छरेर काम लिने कस्ता खालका नेता हुन ? उनले जिसससँग प्रश्न गरे,कार्यालय सार्नका लागि के स्वार्थ होला ? नेतागिरी गर्नु जनताका लागि हो ? कि निजी स्वार्थका लागि हो ?

राज्य पुर्नसंरचना गर्दाको बखत जिल्ला टुक्रिएर अहिले पनि भौगोलिक विकटता झेल्दै आएका विनयी त्रिवेणी गाउपालिकाका दुई वटा वार्डको जनताबारे कहिले सोच्ने हुन ति नेताहरू ? जिल्ला सभाले ति दुई वार्ड लुम्बिनी प्रदेश र पश्चिम नवलपरासीमै राख्ने निर्णय गरेको छ, उनले कार्यालय सार्ने नेताहरूलाई लक्षित गर्दै भने,नेतागिरीमा ल्याकत छ,भने ति दुई वार्डका नागरिकका समस्या बुझेर जिल्ला सभाको निर्णय कार्यान्वन गर्नमा सहयोग गर्नु पर्छ । ति दुई वार्डका जनतालाई अहिले सुस्ता,प्रतापपुर र वर्दघाट नगरपालिका हुदै दाउन्नेडाडा काटेर आफ्नै गाउपालिकाको मुख्यालय दुम्किबास पुग्न घण्टौको जोखिमपुर्ण यात्रा गर्नु पर्ने देखिएको छ । नेताहरू आफ्ना स्वार्थका लागि जनतालाई अप्ठयारो बनाउने कार्य गर्न नहुने प्रतिकृया समाजका अध्यक्ष सैथवारले दिएका थिए । यसका लागि आवश्यक प्रवन्ध मिलाउनका लागि पनि अध्यक्ष सैथवारले जिसस प्रमुख यादवलाई आग्रह गरेका थिए ।

नागरिक समाजले गराएको ध्यानाकर्षण प्रति आफु सचेत रहेको जिसस प्रमुख यादवले बताए । कार्यालय स्थापना हुने जानकारीमा आए पछि आफुले लिखित रूपमै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयलाई जानकारी गराई सकेको जनाए । मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयको नाममा भदौ १३ गते नै उक्त कार्यालय सदरमुकाम परासी बजारमा राख्न पत्र पठाएको जिसस प्रमुख यादवले पत्र देखाउदै भने, कार्यालय स्थापनाका लागि आफु सदरमुकामै भवन उपलब्ध गराउन तत्पर छु, । यसका लागि यस क्षेत्रमा संघिय साँसद धु्रव बहादुर प्रधान,लुम्बिनी प्रदेश साँसदद्धय बैजनाथ कलवार र खड्क बहादुर बस्नेत लगायत नगरप्रमुखहरू पनि पहल गर्न आवश्यक रहेको उनको भनाई थियो । सदरमुकाममा उक्त कार्यालय राख्नका लागि आवश्यक पूर्वाधार हुदा हुदै किन सदरमुकाम बाहिर सो कार्यालय राख्नेबारे आफु निरन्तर फलोअपमा रहेको जानकारी गराए । यसमा नागरिक समाजले चाँसो लिई ध्यानाकर्षण गराएको प्रति आभार ब्यक्त गर्दै नीति नियम विपरित अन्य नेताहरू वा कुनै स्वार्थ समुहले काम गर्न नहुने उनको भनाई थियो ।

यदि जिल्ला कार्यालय हो,भन्ने जिल्ला सदरमुकाम मै सो कार्यालय स्थापना हुनु पर्छ,जिसस प्रमुख यादवले भने, के संघिय मन्त्रालयले नेपाल भरि एउटा एउटा मन्त्रालय राखेर काम हुन्छ ? के लुम्बिनी प्रदेश सरकारले पनि एउटा जिल्लामा एउटा मन्त्रालय र आर्को जिल्लामा आर्को मान्त्रालय राखेर काम गर्छ ? पक्कै गर्न सक्दैन्,त्यो भएर जिल्ला कार्यालयको रूपमा स्थापना हुने कार्यालय पनि जिल्ला सदरमुकाम मै राख्नु पर्छ । यसका लागि जिससले के भुमिका निर्वाह गर्नु पर्छ,त्यसको लागि जिसस गर्न तयार रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?