ट्रेंडिंग:

>> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

५ आश्विन २०८१, शनिबार
५ आश्विन २०८१, शनिबार

असोज, ५ जितपुर– वाणगंगा, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नं. ९ मा अवस्थित खुत्खुते सामुदायिक वन उत्तमनगर टोल भर्लाबासमा एक नवीन पहल सुरु भएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा संचालित गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत ‘एक सामुदायिक वन एक उद्यम विकास कार्यक्रम’ को रूपमा दुना–टपरी उत्पादन उद्यम स्थापना गरिएको छ ।

यस उद्योगले स्थानीय समुदायलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । खुत्खुते सामुदायिक वनका अध्यक्ष भीम बहादुर पुनका अनुसार, समूहका २५ घरपरिवारले पालैपालो सामुदायिक वनमा गई सालको हरियो पात संकलन गर्ने गरेका छन् ।

उद्योगमा प्रयोग भएको आधुनिक मेसिनले प्रति घण्टा १५० देखि २०० वटासम्म दुना–टपरी उत्पादन गर्न सक्षम रहेको जानकारी दिइएको छ । यस उद्योगले विशेषगरी हिन्दू समुदायको महान चाडपर्व विजया दशमी, शुभ दीपावली र अन्य धार्मिक अनुष्ठानहरूमा प्रयोग हुने दुना–टपरीको माग पूरा गर्ने लक्ष्य राखेको छ । वाणगंगा नगरपालिकाले निकट भविष्यमा नगरलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्ने नीति लिएको सन्दर्भमा यस उद्योगको महत्त्व झनै बढेको छ । यस्ता जैविक रूपमा विघटनशील उत्पादनहरूले प्लास्टिकको विकल्प प्रदान गर्ने र वातावरण संरक्षणमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

अध्यक्ष पुनले थप जानकारी दिँदै भने, ‘हामीले दुना–टपरीको साथसाथै बाँसजन्य सामग्रीहरू जस्तै डोको, मान्द्रो र भकारी बुन्ने काम पनि सुरु गरेका छौं। यस उद्योगले हाल दुई जनालाई प्रत्यक्ष रोजगारी दिएको छ र भविष्यमा मागअनुसार थप जनशक्ति नियुक्त गर्ने योजना छ ।’
२०६६ सालमा स्थापित खुत्खुते सामुदायिक वनमा हाल २०७ वन उपभोक्ता आबद्ध रहेका छन् । स्थानीय वन उपभोक्ताहरूका अनुसार, यस सामुदायिक वनले समुदायमा विभिन्न रचनात्मक र नमूना योग्य कामहरू गर्दै आएको छ।यो पहल गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्ने एक उत्कृष्ट उदाहरणको रूपमा हेरिएको छ। यसले स्थानीय स्रोत र सीपको उपयोग गर्दै दिगो विकासको मोडेल प्रस्तुत गरेको छ । आगामी दिनहरूमा यस उद्योगको विस्तार र यसको सफलताले अन्य समुदायहरूलाई पनि यस्ता पहलहरू गर्न प्रेरित गर्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?