ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

नवलपरासी, ०४ असोज ।
जिल्लाभित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पनि अनुसन्धान भइरहेको भन्दै तस्करीको रुट र गोदाम सारेर लसुन तस्करी गर्न थालिएको छ । बसहिया नाका तस्करीमा उपयोग भए पनि लसुन भण्डारण गर्ने गोदाम भन्ने बेलाटारी बजार नजिकैको गँगापुरमा सारिएको स्थानीयले बताएका हुन् ।

सीमानाका सय मिटर दुरीमा राखिने गरिएका लसुनका गोदाम तथा फर्महरूले खरिद गरि ल्याउने लसुनको बजार कहाँ हो ? पनि प्रश्न उठन् थालेका कारण बजार क्षेत्र प्रतापपुरको बेलाटारी गंगापुर लगायतका क्षेत्रमा राख्न थालेका छन् । राजस्व अनुसंधान भई रहेको राजश्व अनुसंधान कार्यालय भने अहिले पनि अनुसंधान भइरहेको तर प्रतिवेदनबारे कुनै प्रतिकृया दिन चाहेको छैन । उता नारायणघाटबाट ठूला गाडीमा छिर्ने लसुन भने बर्दघाटबाट सिधै बरुवा बजार भएर बेलाटारी तर्फ छिर्ने गरेको छ, एक स्थानीयले भने, सो लसुन बेलाटारी, गंगागापुर, पिपरपाती लगायतका गाँउमा अघोषित गोदामा भण्डारण गर्ने र राती राती पिकअप भ्यानमा राखेर सिमाक्षेत्रमा पु¥याउने गरिएको छ । प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसार पसार गर्न सहज हुने हुँदा तस्करहरू पनि तिनै क्षेत्रमा सर्न थालेको उनको भनाई थियो । अहिलेको नाका बसहियासँगै पकलिहवाको बलिनगर र महेशपुरको गोपालपुर गाउँ भएर छिर्ने गरेको छ ।

नेपालको शसस्त्र प्रहरी र नेपाल प्रहरी मात्रै होईन,भारतको महराजगँज जिल्ला अन्तरगतको निचलौल तहसिल अन्तर्गतको निचलौल कोतवाली र एसडिएम कार्यालयका सुरक्षा अधिकारीहरूको समेत सहयोगमा सिमाक्षेत्रमा लसुन तस्करी हुने गरेको छ । नेपालबाट भित्रिने लसुन भारतिय गण्डक नहरको बाटो हुँदै भारतको गोरखपुर हँुदै दिल्लसम्म लसुन पुग्ने गरेको निचलौलका एक स्थानीयले बताए । निचलौल बजार नजिकैको गण्डक नहरपुल निर विहान नहुँदै लसुन बोक्ने गाडीको लाम लाग्ने गर्छ, उनले भने, यहाँ ती गाडीबाट निचलौल कोतवालीका प्रहरीले रकम असुल्ने गरेका छन् । यसले गर्दा लसुनको तस्करी मौलाउने गरेको छ । भारतमा चिनियाँ लसुन प्रतिवन्धित छ, तर लसुन बजारमा महँगोँ भएका कारण सस्तो चिनिया लसुन भारतमा पु¥याउन नेपालको बाटो प्रयोग गरिएको छ ।

केही दिन पहिला बसहिया नाकामा आन्तरिक राजस्व कार्यालयले छापा मारेर लसुन छाडी कागजपत्र मात्रै लगेको थियो, त्यसपछि तस्करहरू छुटाउन दौडधुपमा लागेका थिए । कागजपत्र छुटाउन र लसुनको बिक्री वितरण खुल्ला गराउन तस्करहरूको टोली र केही ब्यवसायीहरू राजस्व कार्यालय बुटवलमा दौडधुपमा लागेपछि राजस्वका कर्मचारीले भण्डारण सार्न परामर्श दिइएको हुन सक्ने बसहियाकै एक स्थानियले बताए । अहिले जुन फर्मको कागजपत्र लगेका थिए, ति घरबाट फर्मको बोर्ड समेत हटाइएको छ, उनले भने, यसले गर्दा पनि लसुन अनयत्र लगिएको अनुमान गर्न सकिन्छ ।

स्थानीय गाउँमा भण्डारण गरि राखिएको करिब ६ गाडी (पिकअप) चिनियाँ लसुन स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि कागजपत्र मात्रै अनुसन्धान कार्यालयले बुझेर लगेको थियो । राजस्व टोलीलाई पनि मिलाउनमा तस्करी टोली लागि परेको छ, कार्यालय निकटका स्रोतले बताए अनुसार, कुरा मिल्यो भन्ने छाड्ने कानुनी आधार पनि छ, मिलेन भन्ने गैर कानुनी ठहर गर्न सक्ने तर्क पनि छ । हेर्दै जाऔ के हुन्छ ? राजस्व कार्यालय प्रभावमा प¥यो भन्ने सक्कली बिल बिजकमा दर्तावाला संस्थाले लसुनको खरिद गरेको देखाई दिन सक्छ, होईन भने यतिको धेरै लसुन खपत गर्ने बजार वा कस्लाई बिक्री गरिएको हो ? जस्ता प्रश्न तेर्साएर अनुसन्धान नै लम्ब्याउन सक्छ ।

जस्ले गर्दा लसुन उम्रिएर नष्ट हुने अवस्था आउन सक्छ । लाखौंको नोक्सानी भन्दा केही अंश राजस्व कार्यालयलाई बुझाएर भएपनि लसुन फुकुवा गराउने पक्षमा तस्कर देखिएका छन । त्यसैका लागि दौडधुप भइरहेको उनको भनाइ थियो । बरामद गरिएका उतm लसुन अनुसंधान नसकिएसम्म सिल गर्नु पर्ने हो,तर खुल्ला रूपमा लसुन विक्रि नगर्नु भनेको अनुसंधान भई रहन्छ, भित्र भित्रै लसुनको ओसार पसार भई रहन्छ, चाहिएको बेला जहाँबाट जुनसुकै लसुन उपलब्ध गराउन सकिन्छ, यो समान्य ब्यतिmले पनि बुझ्नु पर्ने कुरा हो ।

राजस्व अनुसन्धान कार्यालयका अनुसार प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लसुन खरिद गरिएको बिल भरपाई र कागजपत्रहरू अनुसन्धानका लागि लगिएकोे छ । सो विषयमा अनुसन्धान कार्य भइरहेको कार्यालयका सूचना अधिकारी मनोज कुमार सैनीले बताए । उनीहरूलाई विहिवार कार्यालयमा बोलाइएको समेत उनले जानकारी गराएका थिए  । पछि उनले अनुसंधान भई नै रहेको प्रतिकृया दिएका थिए । उनका अनुसार गोदाममा भेटिएको २० किलोको ५१० बोरा र ३० किलोको ३१ बोरा गरी कुल ५ सय ४१ बोरा चाइनिज लहसुन कतै पनि ओसारपसान नगर्न फर्म सञ्चालकलाई निर्देशन दिई अनुसन्धान कार्य भइरहेको जानकारी दिए । तर बुटवलमा लसुन कारोबार गर्ने कारोबारीहरू दैनिक दौडधुप भई रहेको स्थानीयले बताएका थिए । चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन ।

नेपालबाट लसुन र मटर भारत जाने गरेको छ । बाटोको त कुरै गर्न भएन्, धान र उखुबारी जहाँबाट साईकल र मोटरसाईकल सजिलै जानसक्छ,ति सबै नाका बनेका छन । मुल नाकामा त सर्वसाधारण दिउँसो मात्रै हिड्छन् । तर मुलनाकाको वरिपरि उखुबारी र धान खेतमा जहाँ तही मान्छे हिलोमा हिडेको छाप देखिन्छ । ति सबै तस्करी गर्ने बाटो हो । शसस्त्र प्रहरीको गस्ति टोली फेरिने समयमा यस्ता समाग्रि भित्रयाउने समय मिलाईन्छ । जनताको आँखा छल्न प्रहरीले सेटिगँ मिलाएको हुन्छ, सिमाक्षेत्रमा विभिन्न चोरबाटोहरूमा शसस्त्र प्रहरीको दुई चार जना प्रहरी बस्ने गर्छन्, सो टोलीको डियुटी परिवर्तन गर्दा आर्को टोली अलि ढिलो जान लगाईन्छ, सोही बेला मालबस्तुहरू मोटरसाइकल र पिकअपमा भित्राइन्छ ।

नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउँछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?