ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

बुटवल, ४ असोज ।

अनेरास्ववियु रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तीव्रता दिएको छ । यसै क्रममा शुक्रबार बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।

बुटवलको अधिवेशनबाट बिशाल थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । ३१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा प्रतिक गौतम, आशिष कंडेल, सागर वि.क., इशाक अलि, सचिवमा आयुश कक्षपति, सहसचिवमा बिशाल पाण्डे, अतित आचार्य, बिन्दु राना मगर, कोषाध्यक्ष केशव पौडेल, सदस्यमा बिष्णु पाण्डे, असिम पुन, रेविसा कुँवर, सुवास सुनार, नारायण न्यौपाने, सन्ध्या न्यौपाने, अमरजित महतो, सरोज श्रेष्ठ, दिपशिखा खनाल, राज गुप्ता, असलम खान, रोशन न्यौपाने, मनिष खरेल, कृष नेपाल, आकाश गौतम, प्रताप भट्टराई, मञ्जु भुसाल, जोसेफ घिमिरे रहेका छन् ।

अधिवेशनको अनेरास्ववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनालले उदघाटन गरेका थिए भने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज गोपाल राना प्रमुख वक्ताको रुपमा खुलासत्रमा सम्बोधन गरेका थिए ।

अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, उपाध्यक्ष निरज आचार्य रोशन घिमिरे, रोहित कुमार सुनारलगायतले बोलेका थिए । अध्यक्ष रोशन घिमिरेले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तिलोत्तमा नगर कमिटीमा दिवस खनाल सर्वसम्मत अध्यक्ष चयन

अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको असोज ३ गते शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको दोस्रो नगर अधिवेशनले दिवस खनालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्ण रोका, प्रज्वल पाण्डे, सचिव मदन न्यौपाने, सहसचिव निरुता गिरी, प्रतिक भारद्वार, आनन्द माली, कोषाध्यक्ष शनी बन्जाडे, सदस्यमा अविनाश सुनार, रोशन थापा, प्रविन थापा, राम श्रेष्ठ, सुजाता भट्टराई, दिया मल्लाह, लेविष्का भट्टराई, उर्मिला थारु, सुरक्षा खरेल, आकृति भण्डारी, खुस्वु बानिया, सन्तोष पोखरेल, सिमा घिमिरे, शिला पाण्डे, निशा ढकाल, गौरव अर्याल, अरविन्द थारु, सक्षम पाण्डे, निशा खनाल रहेका छन् ।

अधिवेशनमा अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले पोटिलब्युरो सदस्य खिमलाल भट्टराईले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेय, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, कार्यक्रमका अध्यक्ष सरोज खनाल, मदन न्यौपानेलगायतले बोलेका थिए । अध्यक्षको तर्फबाट सरोज खनालले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?