© २०२३
बुटवल, ४ असोज। रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा शुक्रबार भएको खेलमा सुनौलो संगम युवा क्लबलाई ४—० गोल अन्तरले पराजित गर्दै लिस्नु युवा क्लब अन्तिम आठमा स्थान बनाएको हो ।
कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको लिस्नु खेलमा हाबी भयो । पहिलो हाफको ४३ औ मिनेटमा लिस्नुका शिशिर लेखिले गोल गर्दै टिमलाई अग्रता दिलाए । स्थानिय खेलाडीसहित मैदान उत्रेको सुनौलो दोस्रो हाफमा थप ३ गोल खान पुग्यो । दोस्रो हाफमा १४ औ मिनेटमा लिस्नुका विदेशी खेलाडी गोडविन अपि काशीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सुदिप श्रेष्ठले गोलमा परिणत गरे । खेलको २४ मिनेटमा शुसिल राईले तेस्रो गोल गरे । लिस्नका शुशिल राईले दोस्रो गोल गरे ।
खेलमा लिस्नुका शिशिर लेखी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । लेखीलाई एनजी मार्टका म्यानेजिङ डाईरेक्टर नारायण बन्जोडेले बितरण गरे । शनिबार योग स्टार मुडाहा र सम्पुर्ण युवा क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।