ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

काठमाडौँ ।

भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको भेटीमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।

प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमूना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र गाईको मासुको बोसो प्रयोग भएको पाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् । नायडूले तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाउने कसैले कल्पना पनि गर्न नसक्ने बताउदै विगत पाँच वर्षमा उनले तिरुमालाको पवित्रता हनन गरेको बताएका छन् ।

उनले भने, ‘तिरुमाला लड्डुको घिउमा जनावरको बोसो प्रयोग भएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।’

यस विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं । तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’

पवन कल्याणले अगाडी लेखेका छन्, ‘अब समय आएको छ कि भारतभरका मन्दिरहरूसँग सम्बन्धित सबै मुद्दालाई विचार गर्न राष्ट्रिय स्तरमा सनातन धर्म रक्षा बोर्ड गठन गर्नुपर्छ । यस विषयमा राष्ट्रिय स्तरमा सबै नीति निर्माता, धर्म प्रमुख, न्यायपालिका, नागरिक, सञ्चारमाध्यम र आ–आफ्नो क्षेत्रका सबैले बहस गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?