© २०२३
बाँके, ०५असोज ।
पहिलाका थारु समुदायका महिलाहरूले ट्याटू जसलाई उनिहरूले ‘गोधनीर टिकियाका नामले प्राचलित थियो । सामान्यतया सबै थारू महिलाहरू हात र खुट्टामा छाप्ने गर्थे तर पछिल्ला समय थारू समुदायमा यो लोप भैरहेको छ । थारु समुदायमा महिला र पुरुष दुवैमा ट्याटु बनाउने चलन छ। महिलाहरूले आफ्ना हात, खुट्टा, खुट्टा र छातीलाई प्राकृतिक पौराणिक कथाहरू र ऐतिहासिक घटनाहरूको प्रतीकात्मक डिजाइनले सजाउँछन् ।
अन्य चिन्हहरू केवल गहनाहरू जस्तै सौन्दर्य रूपले मनमोहक हेर्नको लागि थियो। यस समुदायमा नवजात शिशुको खुट्टा, हात वा छातीमा प्रायः चराहरूको डिजाइनसहित ट्याटु बनाइन्छ । यी ट्याटुहरू हिन्दू परम्परा अनुसार बनाइन्छ। आफ्नो शरिरमा ट्याटु खोपाउँदा स्वर्गमा स्थान मिल्ने उनीहरूको विश्वास छ । विवाह अघि मसी लगाउनु पनि उनीहरूको सौन्दर्य प्रक्रियाको एक हिस्सा हो। विवाहित थारु महिलाहरूका लागि ट्याटु अनिवार्य थियो र उनीहरूले विवाह गर्नुअघि आफ्नो खुट्टामा ट्याटु कोर्ने गर्दथे तोरीको तेल र गाईको गोबर थारु संस्कृतिमा ट्याटु छप्नको लागि कपडा सिल्ने सियो गोबर निमको पाट र काँडको रूपमा प्रयोग गरिने परम्परागत मलम रहेको बढैयाताल गाँउपालिका ५ कि मनतुरीया थारूले बताईन ।
पहिलाका थारू महिलाहरूले एक अर्काले देखेर गोड्नी अर्थात ट्याटु छपाउने गर्ने गरेको बढैया ताल गाँउपालिका ५ कि सितारानी थारूले बताईन । यसलाई टीका भनेर पनि चिन्ने गरेको थारूले बताईन । पहिला ट्याटु गाँउकै मानिसहरूले छाप्ने गरेका थिए । ट्याटु छापे बापत पहिलाको चलन अनुसार १ देखि २ रूपैँया लिने गरेका थिए । यसलाई छाप्नका लागि दियो बाले। काले मसि जस्तै बनाउने गरेका हुन्थे । ५ देखि ७ सियो एउटै ठाँउमा बाधेर शारिरमा विभिन्न किसिमका चित्रको अकार दिएर छाप्ने गर्थे । पहिला गाई भैँसीको गोबर लगाएर ट्याटु छापेर सफा गर्ने गरेका थिए ।
साथीहरूले ट्याटु छपाएको देखेर रहर लाग्थ्यो अनि छपाएको बढैयाताल गाँउपालिका ५ का चन्द्री थारूले बताईन । गाऊका बुढापाखाले भन्थे मर्ने बेला स्वार्गमा बास हुन्छ । ट्याटुमै विभिन्न जनावर र भाँडा कुँडाको डिजाईन दिएर छपाएको बताईन । पहिला गाँउका प्राय सबै जनाले ट्याटु छपाउने गरेका बताईन ।पहिलाको समयमा महिला पुरूषले सस्कृतिक र पौरत्तीक विश्वासले ट्याटु छपाउने गरेका हुन्थे तर आज कलका युवा युवतीहरूले फेसनको रूपमा लिएर महाँगो महाँगो शुल्क तिरेर ट्याटु छपाउने गरेको पाईन्छ ।