ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी

६ आश्विन २०८१, आईतवार
६ आश्विन २०८१, आईतवार

नवलपुर, ६ असोज ।

पुर्वी नवलपरासीको नवलपुर बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शैय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ ।

केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडामगरले हाल यहाँ रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरेर बौदीकाली आधारभूत अस्पतालका रूपमा विस्तार गर्न लागिएको बताए ।

उपकरण र दरबन्दीको अभावमा भवन निर्माणको काम सकिए पनि अस्पतालका लागि चाहिने कुनै पनि उपकरण र जनशक्ति नभएको उनले बताएका छन् । अस्पताल कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट नीति तथा केन्द्र सरकार र प्रदेश सरकारको जिम्मेवारीमा दरबन्दी कायम गरेर वा प्रदेश र केन्द्र सरकारले कति दरबन्दी जिम्मा लिने र तलब खुवाउने भन्ने निर्णय नगरेका कारण अस्पताल सञ्चालनमा कठिनाइ भएको मगरको भनाइ छ ।

मगरका अनुसार अहिले अस्पताललाई चाहिने एउटा कुर्सी र टेबुलसमेत छैन । अहिलेकै अवस्थामा १५ शय्याको अस्पताल सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ । रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा नै अहिले दैनिक ३० देखि ४० जना बिरामी आउने गरेकाले अस्पताल सञ्चालनमा आएर सेवा दिन सकेमा यहाँ थेग्न नसक्ने गरी बिरामीको भिड लाग्ने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

स्थानीय तहले आफ्नै बजेटले अस्पताल सञ्चालन गर्न सक्दैन । सरकारले कर्मचारी र स्वास्थ्य उपकरण कहिले पठाउँछ, त्यसैका आधारमा अस्पताल सञ्चालन हुने ओझाको भनाइ छ। अस्पतालका लागि २८ जनाभन्दा बढीको दरबन्दी हुनुपर्नेमा अहिले एक जनाको पनि दरबन्दी छुट्याइएको छैन ।

एक महिनाभित्रै प्रधानमन्त्रीलाई ल्याएर अस्पताल उद्घाटन गर्ने तयारी रहेको ओझाले बताएका छन। पालिकाले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) को ६० र पालिकाको ४० प्रतिशत लगानीमा छ करोड लागतमा पालिका भवन पनि बनाएको छ । नजिकै भाडामा रहेको घरबाट सेवा प्रवाहमा समस्या भएको भन्दै पालिकाले आफ्नै भवन बनाएर सर्ने तयारी गरेको हो । प्रधानमन्त्रीलाई ल्याएको बेलामा एकै पटक अस्पताल भवन, पालिका भवन र वडा कार्यालय उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष ओझाले जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission