© २०२३
कास्की ।
कास्कीको पोखरा महानगरपालिकामा डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको हाराहारीमा रहेकामा एक महिनामै बढेर चार हजार चार सय ३३ पुगेको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले डेंगु सङ्क्रमितको बढ्न नदिई डेंगु रोकथाम गर्ने लक्ष्य लिइएको भए पनि उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए ।
‘पछिल्लो एक महिनाको अवधिमा डेंगु सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहे संक्रमित संख्या पाँच हजार बढी पुग्न सक्ने बताए ।
उनका अनुसार पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको छ। पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा भने डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताएका छन् ।
स्वास्थ्य कार्यालयलले दिएको जानकारी अनुसार हालसम्म कास्कीमा चार हजार पाँच सय ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक रुपा, अन्नपूर्ण र मादी गाउँपालिकामा नौ/नौजना र माछापुछ्रे गाउँपालिकामा ३८ जनामा सङ्क्रमण देखिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी