ट्रेंडिंग:

>> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिस बुटवल र लेडी जेसिसको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने

गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

बुटवल, २८ भदौ ।
गुल्मीको दिगामका लेखनाथ बेल्बासे बुटवलमा बसेर व्यवसाय गर्न थालेको १२ बर्ष जति भयो । विदेशी भूमिमा पसिना बगाएका उनले बुटवल ८ सुख्खानगर दिप बोर्डिङ्ग अगाडी दाजुभाई डेरी सहित किराना पसल समेत सञ्चालन गर्दै आएका छन् ।

एक दिन उनी गाउँका केही दाजुभाईसंग सल्लाह भयो, गाउँको उत्पादन शहरमा बजारीकरण गर्ने । दुई दाजुभाईका विचमा सल्लाह भएपछि उनले सुरुवात गरेको पहिलो चरणमा गाउँमा उत्पादन भएको तरकारी लाई बुटवलमा बजारीकरण गर्ने ।

गाउँमा उत्पादन भएको बस्तुले बजार पाउने, अर्को तर्फ शहरका उपभोक्तालाई अर्गानिक तरकारी जन्य उत्पादन खुवाउन पाईने । सोही अनुसार उनले सुरुवात गरेको तरकारी अहिले २ बर्ष पुगेको छ । बुटवलमा अर्गानिक उत्पादन बजारीकरणको नयाँ जुक्ती निकालेका बेल्बासेले साविक पसल सञ्चालन गरेको स्थानमा लहरै मिलाएर तरकारी विक्रिका लागि राख्ने गरेका छन् । गुल्मी जिल्लाको आफु जन्मीएको स्थान दिगामको तरकारी विहान त्यहाँका दाजुभाई किसानले टिपेर गाडीमा राखिदिन्छन्, दिउँसो उक्त तरकारी उनको पसलमा आउँछ । उनी भन्छन्–‘गाउँका किसानलाई पनि आम्दानी, हामीले पनि उत्पादन विक्रि गर्न पाएका छौं । ’ उनको पसलमा गुल्मी जिल्लाको अलवा पाल्पा, अर्घाखाँची, स्याङ्जा जिल्लाका विभिन्न स्थानमा गाउँमा उत्पादन भएको तरकारी आउने गरेको छ ।

‘बिहीबार मात्रै ८० किलो बढि काक्रा आएको थियो, छिनभरमै सकियो’ उनि भन्छन् । उनको पसलमा अहिले पाल्पाको टमाटर, बन्दा गोभी, गुल्मीको काक्रा, साग, सिमी, भिन्डी, करेला, लगायतका तरकारी आएका छन् । ढोरपाटनको आलु समेत उनले बजारीकरण गर्दै आएका हुन । उनि भन्छन्–‘हामी कहाँ उपभोक्ताले मन पराएको ढोरपाटनको आलु पनि छ, अर्गानिक भएको कारण उपभोक्ताको मन जित्दै गएको छु । ’
डेरी जन्य बस्तुको विक्रि वितरण गर्दै आएका लेखनाथ बेल्बासेले तरकारीको बजार विक्रि प्रर्वद्धनमा लागेका हुन । निकट भविश्यमा अझ बढि गाउँ गाउँबाट अर्गानिक उत्पादन संकलन गरी विक्रि वितरण गर्ने योजना बनाएको उनको भनाई छ । गाउँको उत्पादन सहरका उपभोक्ताहरूलाई स्वाद चखाउनुको साथै विषादी रहित तरकारी विक्री गर्ने लक्ष्य उनको रहेको छ । यसको लागि कोल्ड चेम्बर निर्माण गरी यसलाई अगाडी बढाउने योजना उनको रहेको छ ।

केही बर्ष पहिला सहरमा नै मौरी पालन गरेर चर्चा कमाएका बेल्बासले त्यसलाई समुहमा मिलेर निरन्तरता दिएका छन् । बुटवलको मध्य सहरमा मौरी पालन गरी उनले मह समेत काडेर विक्रि गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?