ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

युवा पुस्ताले चासो नदिंदा कृषिको यान्त्रिकरण प्रभावकारी भएनः मुख्यमन्त्री आचार्य

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

बुटवल, २८ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासको लागि व्यवसायीकरण र यान्त्रिकरण जरुरी रहेको बताएका छन् । बिपि चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीस्थित पृथु टेक्निकल कलेजमा शुक्रवार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषयक विचार गोष्टीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यावसायिक कृषिका लागि कार्यक्रमहरु अघि बढाएपनि युवा पुस्ता आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको चित्रण गरे । उनले यसका लागि राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरहरुको सृजना गर्नेगरी नीतिगत भूमिका बढाउनुपर्ने धारणा राखे । ‘यहाँ उठेका विषयहरुमा प्रदेश सरकारले काम गरेको छ । तर, युवाहरुले चासो नदिंदा प्रभावकारी हुन सकेन’, उनले भने– ‘मुलुकको विकासको लागि दुई ठूला राजनीतिक दलहरु बिचको सहकार्यले राजनितीक स्थायित्व दिन्छ । यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।’

प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरु अघि बढाएको जानकारी दिए । कृषिलाई उद्यम र उद्योगको रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरु अघि बढाएको जानकारी दिए । लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउँदै उनले तीन वटा भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाए । विचार गोष्ठीमा कृषिमा औद्योगीकरण, व्यावसायीकरण र युवाहरुको संलग्नता बढाएर उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरुले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोही अनुसार कार्यक्रम निर्माण गर्ने बताए । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई वैज्ञानिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने बताए । उनले सरकारले नीति नियम बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सहकारीले बचत तथा ऋण परिचालनमा मात्रै ध्यान दिदा कृषि क्षेत्र फस्टाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए । ‘कृषिमा उत्पादन शैली परिवर्तन गर्न नसक्दा बजारमा माग एकथरी छ, उत्पादन अर्काे थरि भएको छ’, उनले भने–‘बजार अनुसार उत्पादन बढाउन जरुरी छ ।’

कृषि क्षेत्रमा लगानी अनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, तीन तहका सरकारले कृषिलाई प्राथमिकता दिनुपर्ने र भूउपयोग नीति निर्माण गरेर जग्गाको चक्लाबन्दी, कृषि पर्यटनको सम्भावनाको विकास गर्न अग्रसर हुनुपर्ने बताए । बजार र माग बिचको असन्तुलन हटाउ सरकारले योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताए । ‘स्थानीय सम्भावना प्रचुर छ । कृषिमा युवा आकर्षण बढाउन जरुरी छ’, उनले भने–‘कृषिमा संस्थागत मूल्य श्रृङ्खला बढाउनुपर्छ । एकीकृत नीतिको अभाव छ । यसको परिपुर्ति गर्न जरुरी छ ।’

कृषिको उत्पादनदेखि बजारीकरण सम्म संस्थागत संरचनाको विकास गर्न सकिने, जसका लागि संघ सरकारले नीति नियम बनाउने, प्रदेश सरकारले उद्योग स्थापना गर्ने, स्थानीय सरकारले उत्पादन र बजारीकरणमा सहयोग पु¥याउने गरी कार्यक्रम बनाउनुपर्ने सुझाव दिए । कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि व्यवसाय परामर्श केन्द्र, कृषि बजार केन्द्र स्थापना गरेर कृषिमा आमूल परिवर्तन गर्न सकिनेमा उनको जोड छ ।

युवा उद्यमशीलताको विकास गरेर दिगो कृषि चक्रको लागि खाद्य साक्षरता अभियान चलाउनुपर्नेमा ध्यान दिन आग्रह गरिएको छ । महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगुवा किसान लगायत बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विपि चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुली, नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी, गोरखा सिड कम्पनीका बिउ उत्पादन अधिकृत सागर खनाल, नेपाली कांग्रेसका प्रतिनिधि लिलाराम खनाल लगायतले छलफलमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%