ट्रेंडिंग:

>> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
यु–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिता

दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

बुटवल, २३ चैत । बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिन स्टार क्रिकेट एकेडेमी र इलिट जे आर क्रिकेट एकेडेमी विजयी भएका छन ।  वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार भएको पहिलो खेलमा स्टार क्रिकेट एकेडेमीले देवदह क्रिकेट युनिटलाई ५२ रन तथा दोस्रो खेलमा ईलिट जेआरले विश्व स्कुललाई ३६ रनले पराजित गरेको हो ।

नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर स्टारले ब्याटिङ रोजेर १९.२ ओभरमा सबै बिकेटको नोक्सानीमा ११६ रनको लक्ष्य खडा गरेको थियो । स्टारका आयुष अधिकारीले ३९ बलमा ३० तथा अब्राहम अलिले १७ बलमा १३ रन जोडे । देवदहका रोशन कुवँरले ४ तथा रोहित कुवँर २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको देवदह १६.१ ओभरमा केवल ६४ रनमा समेटियो । कम स्कोरमा रोक्न स्टारका आदित्य भट्टराईले शानदार ५ विकेट लिए । खेलमा स्टारका आदित्य भट्टराई प्लेयर अफ म्याच घोषित भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर ईलिट जेआरले ब्याटिङ रोज्दै १७.२ ओभरमा ४ बिकेट गुमाएर १५८ रनको लक्ष्य खडा गरेको थियो । जेआरका ओमलाल क्षेत्रीले शानदार अर्धशतक पुरा गरे । उनले ३६ बलमा ६८ रन तथा प्रशान्त अधिकारीले १८ बलमा ३० रनको योगदान दिए । विश्व स्कुलका कस्मिक थापा, बिबेक पाण्डेय, आर्कषण पौडेल र एन्जी पाठकले १–१ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको विश्व स्कुलका ब्याट्सम्यान २० ओभरमा केवल १२२ रनमा समेटियो । विश्वका ओपनर ब्याट्सम्यान एन्जी पाठकले ५४ बलमा ४३ रन जोडे । नैतिक गुप्ताले २१ बलमा २१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । जेआरका ओम लाल क्षेत्रीले ३ बिकेट लिए । खेलमा ईलिट जेआरका ओम लाल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?